आज:  २०७८ अषाढ ९, बुधबार | Wed, 23, Jun, 2021
FLASH NEWS

राष्ट्रपतिबाट जारी नागरिकता अध्यादेशलाई स्वागत गर्दै परवानिपुरमा दिप प्रज्वलन

प्रिती कुमारी, जीतपुर २०७८ जेष्ठ ९, आईतबार (१ महिना अघि) ३१७ पाठक संख्या

राष्ट्रपतिबाट नागरिकता अध्यादेश पारित भएको अवसरमा राष्ट्रीय युवा संघ नेपालले बाराको परवानिपुरमा दिप प्रज्वलन गरेका छन् ।

 

धेरै दिनदेखि रोकिराखिएको नागरिक्ता सम्बन्धि ब्यवस्थालाई थप सहज बनाउन नेपालको राष्ट्रपति विद्यादेबि भण्डारीबाट आज भएको नागरिकता अध्यादेश पारितले नेपाली जनतामा खुसी थपेको भन्दै राष्ट्रीय युवा संघ नेपालले परवानिपुरमा हर्षोल्लासका साथ दिप प्रज्वलन गरेका हुन् ।

 

राष्ट्रीय युवा संघ नेपालका केंद्रीय सचिव ई. मोबिन आलमको नेतृत्व आयोजीत दिप प्रज्वलनमा युवा संघ जिल्ला सदस्य जगदीस राम, धुर्व साह, जुल्पिकार अली, इमाम आलम, बिशाल राम, इब्राहिम मिया, सलमोदीन आलम, जनसार अख्तर, दिलीप मिश्रा, अमर गुप्ता लगायत सयौको सहभगिता रहेको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रीय युवा संघ नेपालका केंद्रीय सचिव ई. मोबिन आलमले राष्ट्रपति विद्यादेबि भण्डारीबाट जारी गरीएको नागरिकता अध्यादेशले नेपाली जनताको मन जीतेको र हालको सरकारले जनताको पक्षमा काम गरेको कुरा प्रती खुसी ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस