आज:  २०७८ अषाढ ९, बुधबार | Wed, 23, Jun, 2021
FLASH NEWS

बाराको सिमरामा करिब २० लाखको लागतमा बर्थीङ्ग सेन्टर निर्माण कार्य शुरु

प्रिती कुमारी, जीतपुर २०७८ जेष्ठ ११, मंगलबार (४ हप्ता अघि) ९६ पाठक संख्या

बाराको सिमरा स्थित प्राथमिक स्वाास्थ्य केन्द्रमा बर्थीङ्ग सेन्टर भवनको सिलान्यास भएको छ । प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विकको विकास कोषबाट यस सेन्टरका लागि भवनको सिलान्यस गरिएको हो ।

 

सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य विकले यस भेगकै पुरानो यस अस्पताललाई चाहे अनुसारको स्तर उन्नती गर्न नसक्दा यहाँका स्थानियलाई स्वास्थ्य सुविधा लिन अन्यत्र जानुपर्ने बाध्याता रहेको बताउनुभएको हो । विकास कोषको करिब २० लाखबाट आफुले कामको शुरु वात गरेको तर यसमा स्थानिय तहको सहभागीता भए अझ राम्रो हुनसक्ने जानकारी बताउनुभयो ।

 

उहाँले सिमरा प्राथमीक स्वास्थ्य केन्द्रलाई राम्रो अस्पतालको रुपमा विकास गर्नपनि आफुले पहल अगाडी बढाउने कुरामा जोडदिनुभएको थियो । साथै उपभोक्ता समितिको कामलााई उदाहरणिय बनाउन समेत समितिका अध्यक्षलाई आग्रह गर्नुभएको थियो ।

 

बर्थीङ्ग सेन्टर भवन निर्माण समितिका अध्यक्ष हरि चौधरीको सभाअध्यक्षतामा सम्पन्न कार्यकममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विक, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलकबहादुर श्रेष्ठ, कार्यपािलका सदस्य शोभा कार्की, वडा सदस्यहरु, सिमरा प्राथमीक स्वास्थ्य केन्द्रका क्रमचरीहरुका साथै स्थानिय अगुवा नेताहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस