आज:  २०७८ अषाढ ९, बुधबार | Wed, 23, Jun, 2021
FLASH NEWS

नागरिकता सम्बन्धि ल्याईएको अध्यादेशको समर्थनमा कलैयामा एमाले द्वारा प्रदर्शन।

एपी खबर २०७८ जेष्ठ १२, बुधबार (४ हप्ता अघि) ८८ पाठक संख्या

नागरिक्ता सम्बन्धि ल्याईएको अध्यादेशको समर्थन गर्दै नेकपा एमाले द्वारा कलैयामा प्रदर्शन गरिएको छ । मन्त्री परिषदबाट हालै पारित गरिएको नागरिकता सम्बन्धि अध्यादेशको बिरोध गर्नेहरुको बिरोधमा प्रदर्सन गरिएको नेकपा एमाले जिल्ला कमिटी सचिव महमद समिरले जानकारी दिनुभयो ।

नागरिकता माथिको षड्यन्त्र बन्द गर ,नागरिकता बिहिनलाई नागरिकता प्रदान गर, मधेश बिरोधी उपेन्द्र यादव मुर्दाबाद जस्ता नारा लगाउदै कलैया बजार परिक्रमा गरेको थियो ।

कोभिड १९ को महामारीलाइ मध्यनजर गर्दै भिडभाड नगरी समाजिक दुरि कायम गरि नागरिकता सम्बन्धि अध्यादेशको समर्थन गरिएको थियो ।

बुवा नभएको अवस्थामा आमाको नामबाट समेत बंशज नागरिकता छोराछोरी लाई दिइने ब्यवस्था हालै मन्त्री परिषद बाट पारित गरिएको छ । नेकपा एमाले बारा जिल्ला सचिव एव पुर्व समानुपातिक प्रदेश सभासद महमद समिरको अगुवाइमा नागरिकता समबन्धी अध्यादेशको समर्थन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस