आज:  २०७८ अषाढ ९, बुधबार | Wed, 23, Jun, 2021
FLASH NEWS

प्रदेश नम्बर २ सरकारद्धारा प्राथमिक स्वास्थ्य केन्द्र सिमरालाई स्वास्थ्य समाग्री सहयोग

प्रिती कुमारी, जीतपुर २०७८ जेष्ठ १५, शनिबार (३ हप्ता अघि) ६७ पाठक संख्या

प्रदेश नम्बर २ ले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सिमरालाई स्वास्थ्य समाग्री सहयोग गरेको छ । शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै प्रदेश सरकारको तर्फबाट आएको स्वास्थ्य समाग्री केन्द्रलाई हस्तान्तरण गरिएको हो ।

 

प्रदेश सभा सदस्यद्धय सुन्दर विक र सिता गुरुङ्गको संयुक्त पहलमा सो समाग्री सिमरा प्राथमिक स्वास्थ्य केन्द्रमा आएको हो । सहयोग समाग्रीमा १० थान अक्सिजन सिलिन्डर, सरजिकल मास्क २ हजार, सेनेटाईजर ४ लिटर, डिसेबल गोन र १० थान पिपिई सेट रहेको थियो ।

 

स्वास्थ्य समाग्रही हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विकले आफु अस्वास्थ्य भएकै कारण यो समाग्री आउन ढिलो भएको बताउनुभएको थियो । उहाँले प्रदेश सरकारको आखाँमा अहिलेपनि सिमरा स्वास्थ्य केन्द्र नपरेकै कारण यहाँ समयमा कुनैपनि सुविधा आउन असहज हुने गरेको समेत जानकारी गराउनुभएको थियो ।

 

कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सिता गुरुङ्ग, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, वडा नम्बर २ का वडा अध्यक्ष तिलकबहादुर श्रेष्ठ, डा. दिपक गिरी, एमालेका नेता मनोज पौडेल, बडा नम्बर २ का सदस्य धनबहादुर श्रेष्ठ, नेपाली कांग्रेसका नेता छबिलाल शर्मा, हरि बिक, रेडियो समर्पणका प्रबन्धक अनिल तिवारी लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रममा अशोक जौशवालले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस