आज:  २०७८ अषाढ ९, बुधबार | Wed, 23, Jun, 2021
FLASH NEWS

कबहि गोठ बिओपीद्वारा अवैध ‌खुकुरा पक्राउ गरी नष्ट

एपी खबर २०७८ जेष्ठ १८, मंगलबार (३ हप्ता अघि) ९५ पाठक संख्या

अनिल पाण्डेय

कलैया : कोभिड (१९ ले गर्दा हाल सम्म सिमानाकाहरु बन्द रहेको छ। स्वास्थय जनसँख्या मन्त्रालयले बारम्बार कोभिडको नयाँ प्रजाति फेला परेकोले उच्च सतर्कता अपनाउन अपिल गरी रहेको बेला पनि भारतसँगको सिमानाका नजिक रहेको गाँउबस्तिहरु लपरवाहिसित भारत आवतजावत गरी रहेको पाईन्छ।

मंगलबार बिहान बाराको कबहिगोठ नाकाबाट अबैघ खुकुरा नेपाल भित्रीरहेको बेला सिमामा खटिएका सशस्त्र प्रहरीलाई देखि खुकुरा छोडि भागेको थिए। अन्दाजी १ सय ३६ केजि बराबरको ६८ पिस खुकुरालाई सशस्त्र प्रहरी कबहिगोठ बिओपिका प्रहरी निरिक्षक अम्रित दुलालको नेत्रित्वमा पशुपंक्षी क्वारन्टाईन अधिकृत रामाधार यादव, ईलाका प्रहरी कार्यालय कबहिगोठका ईन्चार्ज नन्दलाल यादव

स्थानिय जनप्रतिनिधी, समाजसेवि र बुधिजिबीको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी उपरीक्षक रबिन राज कर्णजितले जानकारी गराउनुभएको छ।

सशस्त्र प्र​ह​रीको ईन्स्पेक्टर अम्रित दुलाल बिओपिमा आएपछि बिओपि अगाडि रहेको पोखरीको डिलमा माटो खसाली मजबुत बनाएका छन। साथै स्थानीय सँग राम्रो व्यवहार गर्दै सिमानाकामा आफै पनि खटिरहेको देखेर स्थानियहरु हर्षित भएकाछन ।

प्रतिक्रिया दिनुहोस