आज:  २०७८ श्रावण १७, आईतबार | Sun, 01, Aug, 2021
FLASH NEWS

नेपाल र भारतका सुरक्षाकर्मीको पहलमा दशगजा क्षेत्रमा कोभिड खोप संचालन

अनिल पाण्डे २०७८ जेष्ठ २९, शनिबार (१ महिना अघि) ८३ पाठक संख्या

कोभिडको महामारीले सम्पुर्ण बिश्व नै अक्रान्त बनिरहेको बेला कोभिड खोपको हाहाकार मचिएको छ। त्यसै बिच भारतको कोरईया स्थित ७१ नम्बर एसएसबी क्याम्पका सहायक कमाण्डेट अँसल श्रीवास्तवको पहलमा दशगँजा क्षेत्र का पिलर ३७७ नजिकका स्थानीयहरुलाई कोभिड खोप लगाईएको छ।

कोभिडबाट बच्नकोलागि ४५ बर्षभन्दा माथिका सम्पुर्ण स्थानीयलाई सशस्त्र प्रहरी नेपालको सन्फुलवा फर्वाड बेस क्याम्पका ईन्चार्ज सई सुबिलाल थारु र ७१ नम्बर एसएसबी क्याम्पका सहायक कमाण्डेट श्रीवास्तवको सहकार्यमा कोभिड खोप लगाईएको छ।

 

नेपालको सन्फुलवा र भारतको चन्द्रमान गाँउमा बस्ने ४० जनालाई पहिलो चरणको कोभिड खोप लगाईएको छ। भने ८४ दिन पछि फेरी दोस्रो चरणको खोप सँचालन गरीने एसएसबीका सहायक कमाण्डेट श्रीवास्तवले जानकारी गराएका छन्।

 

सशस्त्र प्रहरी नेपालको बिओपि कबहिगोठका ईन्चार्ज प्रहरी निरीक्षक अम्रित दुलाल र एसएसबीका सहायक कमाण्डेट श्रीवास्तवको नेतृत्वमा कोभिडको प्रकोपबाट बिधालयहरु बन्द भएकोले साना नानिहरुलाई बिहान र बेलुका एक एक घण्टा टिउसन पनि पठाउने गरीरहेका छन। ति बच्चाहरुलाई आज कोभिडबाट बच्न साबुन पानिले कसरी हात धुने पनि सिकाईएको थियो।

 

नेपाल र भारतको सँयुक्त सुरक्षाकर्मीको पहलमा आज कोभिड खोप लगाउनु तथा बच्चाहरुलाई दिएको प्रशिक्षणले नेपाल र भारतको सम्बन्धमा थप प्रगाढ हने सम्भावना बढेको स्थानीयहरु बताउने गरेका छन।

प्रतिक्रिया दिनुहोस