आज:  २०७८ श्रावण १४, बिहिबार | Thu, 29, Jul, 2021
FLASH NEWS

कमसल निर्माण समाग्रीको प्रयोगले निर्माण सम्पन्न नहुदै भत्कियो नाला

अनिल पाण्डे २०७८ अषाढ १, मंगलबार (१ महिना अघि) ९ पाठक संख्या

सघन सहरी तथा भवन निर्माण आयोजना अन्तर्गत कलैया उपमहानगरपालिका वडा नं १४ बघवन टोलमा एक करोडको लागतमा दुई वटा योजना सँचालनमा रहेको छ। कमसल सामग्रीको प्रयोगले निर्माणाधिन नाला भत्किएको छ ।

 

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयले दिएको लागत ईष्टीमेट अनुसार काम नभएपछि सो योजना निर्माण सम्पन्न नहुदै भत्किन थालेको छ ।

 

आज दुई दिन देखि बर्षायाम लागेको छ। दुई दिनको बर्षामा नै बघबन चौक देखिको पुस्तकालयसम्मको बाटो ग्रेभल गर्ने योजना अन्तर्गत निर्माणाधीन नाला भत्किएको छ । नालामा कमसिल समाग्री तथा बालुवा बढि र सिमेन्ट कम प्रयोग गरीएकोले केहि बर्षामा ध्वस्त भएको हो भनि स्थानीयहरुले बताउने गरेका छन।

 

आफ्नो मन पर्दो तरिकाले काम गरेको साथै मापदण्ड बिपरीत काम गराउदै आएकोले सो निर्माणाधिन नाला भत्किएको भएको भनि जानकारी स्थानिय लुला पासवानले दिएका छन।

 

निर्माण भईरहेको नाला तथा बाटो ग्रेभलमा कमसल समाग्री प्रयोग भईरहेको कार्यालयलाई लिखित तथा मौखिक जानकारी गराउँदा समेत कार्यालयले चाँसो न लिएकोले पनि यस्तो भएको स्थानीय आन्नद त्रिपाठीले बताएका छन। साथै प्रयोगशालाबाट निर्माण स्थलमा प्रयोग हुने समाग्री गुणस्तर प्रमाणित भएको मौखिक जानकारी कार्यालयबाट दिनु तर हालसम्म प्रयोगशाला रिपोर्ट नआउनुमा कार्यालयको पनि मिलोमतोमा कमसल समाग्री प्रयोग गरी निर्माण भईरहेकोले भत्किएको त्रिपाठीले बताएका छन।

 

सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत निर्माण भईरहेको दुई वटै योजनामा वडा अध्यक्ष सुरेन्द्र जैसवालले आफ्नो आसेपासेलाई उपभोक्ता समितिमा राखि काम गराउदै आएका छन् । आयोजना कार्यालयले पारदर्शी रुपमा कामकाज गराउन भनेपनि अध्यक्ष जैसवालले सबै विवरण लुकाई बिकास निर्माण कार्य गराई रहेको स्थानिय दिनेश यादवले बताएका छन् । उपभोक्ता समितिमा को को छ भनेर प्रश्न गर्दा वडाध्यक्ष जैयसवालले बताउन नमानेको स्थानिय यादवले बताए ।

 

प्रतिक्रिया दिनुहोस