आज:  २०७८ कार्तिक ९, मंगलबार | Tue, 26, Oct, 2021
FLASH NEWS

कामेश्वर चौरसियाको “बाबा चण्डी बस” युटुवमा सार्वजनिक

एस.एस. पटेल २०७८ अषाढ ६, आईतबार (४ महिना अघि) १४३ पाठक संख्या

चर्चित हास्य कलाकार कामेश्वर चौरसियाको “बाबा चण्डी बस” सार्वजनिक भएको छ । चौरसियाको “बाबा चण्डी बस” विश्व भरी एकसाथ युटुव मार्फत सार्वजनिक भएको हो ।

सार्वजनिक भएको उक्त भिडियोमा कमेडिले भरिएको डाईलग र स्टोरी छ । भिडियोमा पहाडमा वर्षौ देखि स्वास्थ्य सेवामा कार्यरत एक स्वास्थ्य कार्मी जस्लाई एक बूढो मान्छेले बिना कसुर झुटो बलात्कारको आरोप लगाएर कालोमोसो दलि गाउँ निकाला गरेको सामाग्री कमेडी रूपमा प्रस्तुत गरिएको छ ।

करिव डेढ वर्ष अघि कोरोना भाईरस आएपछि पुर्णरूपले थप्प रहेको फिल्मि क्षेत्र हाल सम्म पनि कोरोनाको कारण पुर्णरूपले प्रभावित छ । डेढ वर्ष देखि क्यामेराको अगाडी अभिनय नगरेको कामेश्वरले आफै स्टोरी लेखी क्यामेरा फेस गर्दै “बाबा चण्डी बस” निर्माण गरेका हुन ।

चर्चित कलाकार कामेश्वर चौरसिया आफ्नै नामको युटुव च्यानल खोलि “बाबा चण्डी बस” सार्वजनिक गरेका हुन । सार्वजनिक भएको भियोलाई रबिन्द्रले क्यामेरामा कैद गरेका छन भने गौशे आजमले भिडियोलाई सम्पादन गरेका छन्न ।

भिडियो लिंक:

प्रतिक्रिया दिनुहोस