आज:  २०७८ श्रावण १७, आईतबार | Sun, 01, Aug, 2021
FLASH NEWS

गैर अवासिय नेपाली संघ अफ्रिकाद्वारा प्रदेश नम्बर २ पर्सागढि नगरपालिकामा ६ थान अक्सिजन सिलिन्डर सहित स्वास्थ्य समाग्री सहयोग ।

प्रिती कुमारी, जीतपुर २०७८ अषाढ ८, मंगलबार (१ महिना अघि) १२ पाठक संख्या

एन.आर.एन.ए अफ्रिका र राष्ट्रिय समन्वय समितिको संयुक्त आयोजनामा तत्काल अक्सिजन आपूर्ति सहयोग अभियान अन्तर्गत मंगलबार प्रदेश नम्बर २ को पर्सागढि नगरपालिका वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकीमा ६ थान अक्सिजन सिलिन्डर सहित स्वास्थ्य समाग्री सहयोग हस्तान्तरण गरीएको छ ।

 

विश्व ब्यापी रुपमा बढ्दै गएको कारोना भाईरसको विभिन्न भेरिएन्ट रुपमा अन्तरगत बिरामीलाई उपचार गर्न समस्या हुने स्थानका लागि सहयोग गर्ने मनोसाय स्वरुप यस गैर अवासिय नेपाली संघ अफ्रिकाले यो सहयोग गरेको हो ।

 

उक्त हस्तान्तरण कार्यक्रममा पर्सागढि नगरपालिकाका नगर प्रमुख लोकनारायण यादबको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादबले गाबिसबाट सिधै नगरपालिका बनेको यस नगरलाई सबैको सहयोगमा विकास उन्मुख बनाउने बताउनुभयो । उहाँले विदेशमा मिहिनेत गरेर कमाएको एक एक रुपैयाले गरेको सहयोग हाम्रो लागि धेरैनै सहयोगी साबित हुने बताउदै सहयोगी हातहरुलाई धन्यवाद दिनुभएको थियो ।

 

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै गैर अवासिय नेपाली संघ अफ्रिकाका प्रतिनिधी रोहीत भंगरले कोरोना भाईरसको समयमा आफुहरुले धेरै स्थानमा सहयोग गर्दै आएको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै स्वाती मिडिया प्रा.ली.का अध्यक्ष एवम रेडियो समर्पणका प्रशासकिय अधिकृत अनिल कुमार तिवारीले गैर अवासिय नेपाली संघ युगान्डाका अध्यक्ष मित्र बिनोद थापाले सहयोगको लागि खेल्नु भएको भुमिकाको बारेमा जानकारी दिनुभएको थियो । उहाँले यस पर्सागढ नगरपालिका अन्तरगत ४ मा पर्ने स्वास्थ्य चौकीमा सहयोग जुटाउन पहल गर्नुहुने सरिता घिमिरे दिदीलाई समेत धन्यवाद दिनुभएको थियो ।

 

 

वडा नम्बर ४ का वडा अध्यक्ष समसुदिन साह देवानको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र पंजियार, स्वास्थ्य शाखाका उमेश साह, डा. रन्जन सिहं, वाड सदस्य शेख फैयाज, लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण समाजसेवी अच्छेलाल यादबले गर्नुभएको थियो ।

 

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युगाण्डाका अध्यक्ष विनोद थापाको पहलमा यसअघि प्रदेश नम्बर २ बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २ मा संचालित आइसोलेशन सेन्टरमा एक सय ५० थान अक्सिजन सिलिनडर, आइसोलेशनलाई आवश्यक पर्ने सोडिएम हाइपोक्लोराईड २५ लिटर, सेनिटाईजर ५० लिटर, सरजीकल ग्लोभस २ सय थान, डिजीटल थर्मोमिटर ५ थान, अक्सिमिटर ५ थान, बेटाडिन ५ लिटर, सरजीकल मास्क ३ हजार थान र सिटमोल एक सय पत्ता स्वास्थ्य समाग्री साथै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले पैसा नहुनेहरुका लागि अक्सि मिटर किन्न गाह्रो हुने भएकोले त्यस कार्यलाई शुरु गर्न संघले २० थान अक्सिमिटर हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस