आज:  २०७८ श्रावण १७, आईतबार | Sun, 01, Aug, 2021
FLASH NEWS

चट्याङ लागेर एकजनाको ज्यान गयो, दुईजना घाईते

एपी खबर २०७८ अषाढ ९, बुधबार (१ महिना अघि) ८ पाठक संख्या

बुधबार साँझ पानिसँगै परेको चट्याङ लागेर बारामा एकजनाको ज्यान गएको छ । अन्य दुईजना घाईते भएको प्रहरीले जनाएको छ ।

 

साँझ ६ बजेको समयमा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका २०को बस्दिलवाका बिसुनदयाल ठाकुर घर अगाडी खसेको चट्याङमा परि स्थानिय २८ को विजय प्रसाद यादवको मृत्यु भएको हो । यस्तै चट्याङमा परि बिसुनदयाल ठाकुरको श्रीमती अ.वर्ष ५५÷६० कि शान्ति देवी र हमिद मिया अन्सारीको छोरा अ.वर्ष २४ को सहमुदीन अन्सारी घाईते भएका प्रहरीले जनाएको छ । घाईते सामान्य अवस्थामा जिल्ला अस्पताल कलैयामा उपचार भैरहेको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।

 

चट्याङ लागरे गम्भीर घाईते भएका यादवलाई स्थानिय प्रहरीको सहयोगमा कलैया अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको र मृतको शव कलैया अस्पतालमा रहेको नायव उपरिक्षक मिश्रले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस