आज:  २०७८ श्रावण १३, बुधबार | Wed, 28, Jul, 2021
FLASH NEWS

पथलैयाबाट अमलेखगञ्जमा खानेपानी पु¥याउने प्रदेश मन्त्री शर्माको प्रतिवद्धता

एपी खबर २०७८ अषाढ २४, बिहिबार (२ हप्ता अघि) ९ पाठक संख्या

खानेपानीको चरम अभाव झेलीरहेको बाराको अमलेखगञ्ज क्षेत्रमा खानेपानी पु¥याउन प्रदेश २ सरकारले विशेष योजना बनाउने भएको छ । प्रदेशका खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले यस्तो प्रतिवद्धता ब्यक्त गर्नुभएको हो ।

 

पथलैयास्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा रहेको ओभरहेड ट्यांकीको क्षमता बिस्तारका लागि पहल गर्न पुगेको प्रदेशसभा सांसद शोभा लामासहितको टोलीसँग मन्त्री शर्माले अमलेखगञ्ज पथलैयामा निर्माण हुने ट्यांकीले अमलेखगञ्जका बासिन्दालाई समेत लाभ मिल्नेगरी योजना अघी बढाउन राय दिएको टोलीमा सहभागी नेपाली काँग्रेसका जीतपुरसिमरा नगरसभापती श्यामबाबु गुप्ताले जानकारी दिनुभयो ।

पाईलाईनमार्फ डिजल पु¥याउन सकिने अमलेखगञ्जमा खानेपानी समेत सोही प्रकृयाबाट पु¥याउन सकिनेबारे सम्भाब्यता अध्ययन गरी तत्काल काम अघी बढाउने प्रतिवद्धता समेत मन्त्री शर्माले ब्यक्त गरेको सभापती गुप्ताले जानकारी दिनुभयो ।

 

अमलेखगञ्जमा अहिले चुरेस्थित बिजौरा खोलाको मुहानबाट पानी संकलन गरि त्यहाँस्थित उद्योग कलकारखानालगायत ६ सय ४२ घरधुरीलाई पानी वितरण हुँदै आएको छ । तर बढ्दो जनसंख्या र सहरीकरणका कारण सो पानी प¥याप्त नहुँदा तत्काल अर्को विकल्प आवश्यक देखिएको छ ।

वडा नम्बर एकका अध्यक्ष हिरा बहादुर गुरुङ, पथलैया खानेपानीका अध्यक्ष सुरेश लामा, सचिव मदन कंशकार लगायतको टोलीसँग मन्त्री शर्माले आफ्नै कार्यकालमा अमलेखगञ्जबासीलाई खानेपानी पु¥याउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस