आज:  २०७८ श्रावण २०, बुधबार | Wed, 04, Aug, 2021
FLASH NEWS

टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण जीतपुरमा सार्वजनिक

प्रिती कुमारी, जीतपुर २०७८ अषाढ २४, बिहिबार (३ हप्ता अघि) ७ पाठक संख्या

टीभीएस मोटर कम्पनीको मार्भल्स अभेन्जर्सबाट पे्ररित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण बाराको जीतपुरमा सार्वजनिक भएको छ । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता जगदम्वा मोटर्स प्रालिले बजारमा ल्याएको दुई पाङग्रे सुपरस्क्वाड संस्करण जीतपुरको लागि आधिकारिक विक्रेता सगरमाथा मोटर्सले सार्वजनिक गरेकोे हो ।

 

सुपरस्क्वाड संस्करण क्रमश आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आकर्षण रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक र कम्ब्याट ब्लूमा उपलब्ध रहेको र उक्त स्कुटर आइकोनिक मार्भल सुपर हिरोद्धारा पे्ररित नेपालको पहिलो ब्लुटुठ कनेक्ट स्कूटर भएको र युवा पुस्ताको रोजाईमा पर्ने सगरमाथा मोटर्सका संचालक दिनदयाल चौधरीले जानकारी दिनुभयो । उक्त स्कुटरको मूल्य २ लाख ६६ हजार ९ सय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस