आज:  २०७८ श्रावण १३, बुधबार | Wed, 28, Jul, 2021
FLASH NEWS

जीतपुरसिमरा उपमहानगरपालिकामा ग र घ बर्गका अपाङ्गलाई पनि समाजिक सुरक्षा भत्ता बितरण सुरु

एपी खबर २०७८ अषाढ २५, शुक्रबार (२ हप्ता अघि) ६ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ग र घ बर्गका अपाङ्गता परिचय पत्र प्राप्त ब्यक्तिलाई समेत समाजिक सुरक्षा भत्ता बितरण सुरु गरेको छ । समान्य अपाङ्गता भएकाहरुलाई पनि अन्यको दाँजोमा जिवनयापन गर्न सहज होस् भन्ने उद्देश्य सहित भत्ता वितरण गर्नका लागी शुक्रबार कुमारी बैकलाई चेक हस्तान्तरण गरेको हो ।

 

राज्यले समान्य व्यक्ति मानेर भत्ता दिन उचित नठानेका ग र घ बर्गका अपाङ्गहरुको दैनिक जिवनयापनको असहजतालाई ध्यानमा राखेर यो प्रयास गरीएको जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वती देवी चौधरीले बताउनुभयो । देशमै न्युन मात्रामा यो किसिमको प्रयास गरेको पाइन्छ । विभिन्न चुनौतीका वावजुद पनि यो प्रयासमा उत्रीएर जितपुरसिमरा उपमहानगरले अपाङ्गता भएकाहरुको साथी बन्न खोजेको उपप्रमुख चौधरीले बताउनुभयो ।

 

स्थानीय समन्वय समितिको केहि दिन अघी बसेको बैठकले अपाङ्गता परिचयपत्रमा भत्ता नपाउनेको हकमा विपन्न सहित सबै ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई पनि आन्तरिक स्रोतबाट भत्ता दिने निणर्य गरेको थियो । सोहि निणर्य अनुसार आन्तरीक श्रोतबाट सबैखाले अपाङ्गता भएकाहरुलाई भत्ता वितरणको सुरुवात गर्नु निक्कै सराहनिय काम भएको भन्दै नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष धन प्रसाद बजगाईंले प्रशंसा सहित धन्यवाद ज्ञापन गर्नुभयो ।

 

वहाँले यसरी गरीएको सुखद सुरुवातलाई निरन्तरता दिएर अपाङ्गता भएकाहरुलाई अपनत्व महसुस गराउनुपर्ने सुझाव दिनुभयो । जितपुरसिमरा उपमहानगरपालिका भित्रका सबैखाले अपाङ्गहरुको हितमा भएको यो कार्यलाई दिगो बनाउन आवस्यक योजना बनाउने बारे पनि विषेश चासो राख्ने दायित्व नगरपालिकाकै भएकोले यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

 

यसैगरी कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपािलकाका नगर उपप्रमुख सरस्वती चौधरीले आउदो दिनमा पनि लक्षीत वर्गाका लागि आफु सहयोगात्मक कार्य गर्न तैयार रहेको तर यस्ता कार्यमा सरोबारवाला सबैको सहकार्य हुन आवश्यक रहेको बताउनुभएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका उपप्रमुख चौधरीको अध्यक्षतामा सम्पन्न चेक हस्तान्तरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत चेतकुमार पोख्रेल, सदस्य सुभद्रा न्यौपाने, महिला विकास अधिकृत सिमा यादव, नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष धन प्रसाद बजगाईं, सदस्य कृष्णप्रसाद तिमलसिना, कुमारी बैकका कुष्णप्रसाद पौडेल, राजकुमार चौधरी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस