आज:  २०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021
FLASH NEWS

रौतहटमा बोलेरो गाडी नहरमा खस्दा एकको मृत्यु ,एक जना बेपता

अखिलेश यादव, रौतहट २०७८ श्रावण २५, सोमबार (१ महिना अघि) ५३ पाठक संख्या

रौतहटमा बोलबम कावरिया बोकेको बोलेरो गाडी नहरमा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ, भने एक जना बेपता भएका छन् । आज बिहान बाराबाट रौतहटको नुनथरमा जल लिन पुगेको बोलबम चढेको ना ५ च ३१६६ नम्बरको बलेरो गाडी जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती सिंचाईको नहरमा बिहान ४ बजे खसेको थियो ।

 

घटनामा परि बाराको गढीमाई नगरपालिका बस्ने ४५ वर्षीया मिनादेबी कोईरीको घटनास्थालमै मृत्यु भएको हो । सोही बलेरोमा सवार बाराकै बोधवन नगरपालिका बस्ले ६५ वर्षीया सोनरी देवी मुखिया भने नरहमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक डिएसपी लिलाराज लामिछाने जानकारी दिनुभयो ।

 

बलेरोमा सवार घाइतेको सर्लाहीको कर्मैयामा रहेको अस्पतालमा उपचार भइरहेको छ । नहरमा खसेको बोलेरो क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको र बेपत्ता महिलाको खोजीकार्यमा प्रहरी जुटेको डिएसपी लामिछाने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस