आज:  २०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021
FLASH NEWS

बिद्यालय बन्द भएको समयमा पनि दिवा खाजा कार्यक्रमको रकम निकासा गर्दै स्थानिय तह

सुप्रिया ढकाल २०७८ भाद्र ४, शुक्रबार (१ महिना अघि) ४९ पाठक संख्या

बारा । सामुदायिक बिद्यालयका लगाी सञ्चालन गरीएको दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता पाईएको छ । प्रदेश २ का अधिकांश स्थानीय तहले कोरोना संक्रमणका कारण बन्द भएको बिद्यालयलाई समेत रकम निकासा गरेको पाईएको हो ।

 

२०७६ चैत ११ गतेबाट लकडाउन भई विद्यालय बन्द रहेको अवस्थामा पनि देशभरका ४१ वटा स्थानीय तहले विद्यालयलाई रकम निकासा गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदन अनुसार विद्यालय बन्द भएका बेलाको पनि दिवा खाजाको रकम निकासा दिनेमा अधिकांश प्रदेश २ कै स्थानीय तहहरु छन् । ४१ मध्य प्रदेश २ का मात्रै १० स्थानीय तह छन् ।

दिवा खाजा रकम विद्यालयलाई निकासा दिँदा अभिभावकलाई नगदै वितरण गर्ने व्यवस्था नभएको अवस्थामा रौतहटस्थित परोहा नगरपालिकाले यस वर्ष अभिभावकलाई नगदै बुझाउने गरी दिवा खाजा वापत १ करोड १७ हजार निकासा गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

महालेखा परीक्षकको कार्यालयले विद्यालय बन्द भएको अवस्थामा उक्त अवधिको खाजा रकम यकिन गरी असुल गर्नुपर्ने ठहर गरेको छ ।

विद्यालय सञ्चालन नभएको समयको पनि दिवा खाजाको रकम निकासा गर्ने प्रदेश २ का स्थानीय तह

१.धनुषाको सबैला नगरपालिकाले १ करोड १३ लाख,
२.गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख,
३.सिरहाको सिरहा नगरपालिकाले १ करोड ३८ लाख,
४.रौतहटको फतुवा विजयपुर नगरपालिकाले ९७ लाख,
५.गरुडा नगरपालिकाले ७७ लाख
६.दुर्गा भगवती गाउँपालिका रौतहटले १ करोड २१ लाख ७१ हजार,
७.यमुनामाई गाउँपालिका रौतहटले ७४ लाख ९९ हजार,
८.छिन्नमस्ता गाउँपालिका सप्तरीले ५९ लाख ८६ हजार,
९.जनक नन्दिनी गाउँपालिका धनुषाले ५५ लाख ९६ हजार,
१०.कौडेना गाउँपालिका सर्लाहीले ५४ लाख ७२ हजार

प्रतिक्रिया दिनुहोस