आज:  २०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021
FLASH NEWS

घण्टिमाई साकोसको सेवा आफ्नै भवनबाट

सुप्रिया ढकाल २०७८ भाद्र १७, बिहिबार (२ हप्ता अघि) ३१४ पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालीका ४ औराहास्थित घण्टिमाई बचत तथा ऋण सहकारी संस्था लि. आजबाट आफ्नै भवनमा सरेको छ । २०७० श्रावण २ गते दर्ता भई सुरु भएको सहकारीले ८ बर्ष पुरा हुदै गर्दा आफ्नै २ तल्ले भवन निर्माण गरी आफ्नै भवनबाट सेवा दिन सुरु गरेको हो ।

 

औराहा मुख्य चोकमा कोठा भाडामा लिएर सञ्चालन हुदै आएको सहकारीको भवन औराहा प्लटिङ्गको दक्षिणी भागमा निर्माण गरीएको हो । भवनको दोश्रो तल्ला निर्माण सम्पन्न भई सेवा सुरु भएपनि पहिलो तल्लाको फिनिसिङ्ग बाकि छ । आगामी असोज ९ गते हुने साधारण सभा नयाँ भवनबाटै गर्ने लक्ष्यसहित तल्लो तल्लाको काम पनि सकिने संस्थाकि अध्यक्ष कोपिला सिंखडाले बताउनुभयो ।

 

भवन कुल १ करोड २५ लाखको लागतमा निर्माण सम्पन्न हुने उहाले जानकारी दिनुभयो । यस सहकारीमा १५ सय शेयर सदस्यहरु आबद्ध छन् भने २८ सय सेवाग्राहिले प्रत्यक्ष रुपमा सेवा लिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस