आज:  २०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021
FLASH NEWS

आज कुशे औंशी, बुवाको मुख हेर्ने दिन र मोतीराम भट्टको १५५औँ जन्मजयन्ती

सुप्रिया ढकाल २०७८ भाद्र २२, मंगलबार (२ हप्ता अघि) ४६ पाठक संख्या

बारा । आज भाद्र कृष्ण पक्षको औंशी, कुशे औंशी । नेपालीहरुको महान चाड कुशे औँसी आज वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश भित्रयाउने परम्पराका साथ मनाइदै छ ।

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

अर्थात्, नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् ।

वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको वैज्ञानीक महत्व पनि प्रमाणीत भइसकेको छ । वैज्ञानीक भाषामा भ्चबनचयकतष्क अथलयकगचयष्मभक भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो ।

एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठि कुशलाई बिकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइयो । यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यबहारीक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिकरुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औंठीहरु र अन्य सांस्कृतिक प्रयोगमा पीढि दर पीढि हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहीत गर्दछ । दाहिने हातको औंलामा कुशलाई औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वाश र विज्ञानतः प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पार्छन् ।

बुवाको मुख हेर्ने दिन

यस्तै आज अर्थात् पितृ सम्मान दिवस । आज बुबाको मुख हेर्ने दिन भएकोले गर्दा यस पर्वमा छोराछोरीले बाबुलाई आदर सम्मान गर्ने गर्दछन् । पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आज छोराछोरीहरूले भगवानको पुजाप्रार्थना गरी आ–आफ्ना बुवालाई मन पर्ने मिठाई तथा भोजन खुवाएर आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

 

बुवा नहुनेहरूले भने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदादान गर्छन् ।यसो गर्दा पितृ खुसी हुने र सुख मिल्ने धार्मिक विश्वास छ । यस पर्बलाई हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रुपमा मान्ने गर्दछन । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लागेको छ ।

 

कोरोना महामारीका कारण भीडभाडमा बन्देज गरिए पनि गोकर्ण पुगेका भक्तजनको भीड ठूलै थियो । स्थानीय तहले मन्दिर पूर्ण रुपमा बन्द गरी भीड नगर्न आग्रह गरेको छ । तर वागमतीमा तर्पण, पिण्डदान र सिदादान गर्नेहरु बाक्लै देखिएका छन् ।

 

यस्तै आजको दिन सन्तानले फेसबुक, ईन्स्टाग्राम, टिकटक, ट्वटर लगाएतका सामाजिक सञ्जालहरुमा आफ्ना बुवाको तस्विर राख्दै बुवाको मुख हेर्ने दिनको शुभकमना दिईरहेका छन् । घरदेखी टाढा रहेका सन्तानले बुवालाई सम्झनामा स्वरुप पोष्ट गर्छन् ।

मोतीराम भट्टको १५५औँ जन्मजयन्ती

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५५औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन उनको निधन भएको थियो । तीस वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनुभएको थियो ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याल्याउनुभयो । साथै नेपालमा छापाखाना भित्र्याउने योगदान पनि उहाले गर्नुभयो । युवाकवि भट्टले आदिकवि भानुभक्तले रचना गरेको रामायण विसं १९४१ मा छापेर सार्वजनिक गर्नुभएको थियो । भानुभक्तलाई चर्चामा ल्याउने काम उहाले गर्नुभएको हो । भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।

 

शृङ्गारिक धाराका गजलकार भट्टले नेपाल र वनारसमा पनि मोती मण्डली बनाएर पद्मनाभ, काशीनाथ, चेतनाथ, तेजविलासलगायतलाई पनि साहित्यमा अघि बढाउनुभएको नेपाली साहित्यका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताउनुभयो । नेपाली कविताको माध्यमिककालका केन्द्रीय प्रतिभा भट्टले लेखेका गजल व्यङ्ग्यात्मक शैलीका समेत हुन्थे । ‘जता हे¥यो त्यतै मेरो नजरमा राम प्यारा छन्’, ‘पाकेको फल छाडी जानु परदेश कुन शास्त्रको धर्म हो’ यी उनका गजलका नमूना हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस