आज:  २०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021
FLASH NEWS

महिलाहरुलाई बेवीसेट सिलाईको तालिम दिदै चेली कृषि सहकारीले मनायो तिज

सुप्रिया ढकाल २०७८ भाद्र २२, मंगलबार (२ हप्ता अघि) ५५ पाठक संख्या

पर्सा । पर्साको चेली कृषि सहकारी संस्थाले सिपमुलक तालिम दिएर तिज पर्व मनाएको छ । एक दिने क्षणिक खुसी नभई जीवनमा सधैं खुसी ल्याउने प्रयास स्वरुप सीपमुलक तालिम दिई दक्ष बनाउँदै दर स्वरुप प्रमाणपत्र दिएर चेली कृषि सहकारीले तीज मनाएको हो । यो तयारी भने २२ दिन पहिलेदेखि नै सुरु गरेको संस्थाले जनाएको छ ।

 

तिज पर्व आउनु एक महिना अघि देखी नै हजारौ रुपैया खर्च गरेर तडकभडकका साथ मनाईने दर कार्यक्रम तथा तिज बिषेश कार्यक्रम भन्दा बिल्कुलै फरक रुपमा यस सहकारीले बेरोजगार दिदी बहिनीलाई जीवनभर आम्दानीको श्रोत हुने सीप सिकाइएर तिज मनाएको हो । सिप सिकेर महिलाहरु आत्मनिर्भर बने एक दिन मात्र होईन पुरा जिवन सुखी र खुसी हुने सहकारी संस्थाकी अध्यक्ष कमला घिमिरेले तर्क गर्नुभयो ।

 

चेली सहकारीले योभन्दा अगाडि पनि विभिन्न सीप सिकाई १६२ जना महिलालाई रोजगार बनाएको संस्थाले जनाएको छ । जीवनोपयोगी सीपका लागि कहिले जमराको जुस बनाउने तालिम, कहिले च्याउ खेती गर्ने र योभन्दा अगाडि पनि मास्क बनाउने सीप सिकाइएको संस्थाकी अध्यक्ष घिमिरेले बताउनुभयो चेली कृषि सहकारी संस्था महिलाहरूकै सक्रियतामा सञ्चालन भएको हो ।

 

यो पटक भने २२ जना दिदीबहिनीलाई २२ दिने सीपमुलक तालिम दिएको छ । दक्षताको प्रमाण पत्र वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र लघु व्यवसाय विकास कोष पर्साका अध्यक्ष तथा वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव अरविन्द अमात्य लगायतले प्रदान गर्नुभयो । बेरोजगार दिदीबहिनीलाई ‘बेबीसेट बनाउने सिलाई कटाइको सीप’को तालिम दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस