आज:  २०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021
FLASH NEWS

नेपाली राष्ट्रिय महिला टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दै

एपी खबर २०७८ भाद्र २७, आईतबार (१ हप्ता अघि) ४७ पाठक संख्या

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली अहिले महिला एसियन कप छनोटको तयारीमा छन् ।

 

त्यसैका लागि दुई वटा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो । नेपालका दुई डेब्युटान्ट सबिना राना र प्रिती राईले डेब्यु गोल गर्दै नेपाललाई जिताएका थिए । नेपाल र बंगलादेशस दुवै टिम एसियन कप छनोट खेल्न न्युट्रल भेन्यु उज्वेकिस्तान जाँदैछन् ।

 

त्यसअघि यही मैत्रीपूर्ण खेलमा मार्फत टिममा रहेको गल्तीहरु सुधार गर्ने दुवै टिमले अपेक्षा राखेका छन् । छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यस समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले सेप्टेम्बर १८ (असोज २) मा फिलिपिन्स र सेप्टेम्बर २१ (असोज ५) मा हङकङसँग खेल्नेछ । यस समूहको विजेता बने नेपाल अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ । बंगलादेश छनोटको समूह ‘जी’ मा छ । यस समूहमा जोर्डन र इरान छन् ।

 

प्रतिक्रिया दिनुहोस