आज:  २०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021
FLASH NEWS

प्रहरी दमनको बिरुद्धमा कलैयामा युवासंघको प्रदर्शन

एपी खबर २०७८ भाद्र २९, मंगलबार (१ हप्ता अघि) ४७ पाठक संख्या

बारा । काठमाडौंमा भदौ २६ गते शनिबार भएको एमसिसि बिरुद्धको ¥यालि तथा सभालाई नेपाल प्रहरीले जबरजस्ती दमन गरेको भन्दै बाराको कलैयामा बिरोध प्रदर्शन गरीएको छ ।

 

राष्ट्रिय युवा संघ नेपालले गरेको शन्तिपुर्ण ¥यालि तथा सभालाई राष्ट्रिय हितबिपिरित रहेको एमसिसि योजनाको पक्षधरहरुको आदेशमा प्रहरीले जबरजस्ती दमन गरेको भन्दै सोमबार राष्ट्रिय युवा संघ नेपाल बाराले बिरोध जनाएको हो । नेकपा एमाले पार्टी कार्यालय देखि कलैयाको भरतचौक सम्म प्रहरी दमन मुर्दाबाद, नेपाल सरकार मुर्दाबाद, गृहमन्त्री मुर्दाबाद, कठ पुतली सरकार चहिदैन जस्ता नारा लगाउदै बिरोध ¥याली निकालिएको थियो भने उक्त ¥याली भरतचौकमा गई कोणसभामा परिणत भएको थियो ।

 

कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले २ नं. प्रदेश सदस्य ताज महम्मद रायले एमसिसि राष्ट्रघाती सम्झौता भएको बताउदै युवाहरुमाथीको दमनलाई सहेर नबस्ने बताउनुभयो ।

 

राष्ट्रिय युवा संघ नेपाल बाराका अध्यक्ष पुरुषोत्तम साहको अगुवाइमा सम्पन्न बिरोध कार्यक्रममा केन्द्रीय सदस्य अशोक तिवारी, प्रदेश सदस्य मनोज कुमार साह लगायतका नेता तथा कार्यकार्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस