आज:  २०७८ कार्तिक ९, मंगलबार | Tue, 26, Oct, 2021
FLASH NEWS

नेपाल फिफा वरीयतामा यथावत,नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम

एपी खबर २०७८ भाद्र ३१, बिहिबार (१ महिना अघि) ६१ पाठक संख्या

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा यथावत गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरको नयाँ वरीयता अनुसार नेपाल पुरानै स्थानमा रहेको छ ।

नयाँ वरीयतामा नेपाल १६८ औँ स्थानमा छ । अघिल्लो वरीयतामा नेपाल १६८ औँ स्थानमै रहेको थियो ।

भारतसँग नेपालले खेलेको दुई मैत्रीपूर्ण खेलपछि वरीयतामा सुधार हुने अपेक्षा रहेको थियो । तर, नेपालले एक खेल बराबरी खेलेको थियो भने एक खेलमा पारजित भएको थियो ।

पहिलो खेलमा १–१ गोलको बराबरी खेलेको नेपाल दोस्रो खेलमा २–१ गोल अन्तरले पराजित भएको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा छ । नेपाल भन्दाअघि भारत र माल्दिभ्स रहेको छन् ।

भारत १०७ औँ स्थानमा छ भने माल्दिभ्स १५८ औंँ स्थानमा छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इटाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस