आज:  २०७८ कार्तिक ९, मंगलबार | Tue, 26, Oct, 2021
FLASH NEWS

देउवा नेतृत्वको सरकार गठन भएको २ महिनामा महत्वपूर्ण यी १५ काम भएको दाबी

एपी खबर २०७८ आश्विन २, शनिबार (१ महिना अघि) २४१ पाठक संख्या

काठमाण्डौ – शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको २ महिनामा महत्वपूर्ण १५ काम भएको दाबी गरिएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत सरकारले गरेका महत्वपूर्ण १५ काम सार्वजनिक गर्नुभएको हो ।

उमेश श्रेष्ठले स्टाटसमा यस्तो लेख्नुभएको छ, “सम्माननिय प्रधानमन्त्रि शेरबहादुर देउवाज्युको नेतृत्वको सरकारले छोटो अवधिमा सम्पन्न गरेका तथा अगाडि बढाएका कामहरु दुरगामी महत्वका छन् ।”

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गर्नुभएका १५ काममध्ये अधिकांश स्वास्थ्य क्षेत्रमा रहेको उल्लेख गरिएको छ । जसमध्ये कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकतादेखि त्रिचन्द्र कलेज र घण्टाघर पुनर्निर्माणको निर्णयसम्मलाई समेटिएको छ । प्रमुखरुपमा विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति, भूमि आयोग गठन, स्वास्थ्य सेवाका कर्मचारीको तलब वृद्धि लगायत छन् ।

त्यसैगरी हालै ल्याइएको प्रतिस्थापन बजेटमा समेटिएका केही कार्यक्रमलाई पनि समावेश गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस