आज:  २०७८ कार्तिक ९, मंगलबार | Tue, 26, Oct, 2021
FLASH NEWS

पढाईको शिलसिलामा निजगढ बस्दै आएकि एक किशोरीले गरिन् आत्महत्या

सुप्रिया ढकाल २०७८ आश्विन ३, आईतबार (१ महिना अघि) ६८ पाठक संख्या

बारा । बाराको निजगढमा एक किशोरीले आत्महत्या गरेकि छिन् । मैलापुर नगरपालिका वडा नंम्बर ३ मा घर भई पढाईको शिलसिलामा निजगढ नगरपालीका ८ बस्दै आएकि १८ बर्षिय प्रियन्का यादवले आफ्नै कोठामा पासो लगाएर आत्महत्या गरेकि हुन् ।

 

उनि श्री गौरी शंकर माध्यमिक प्राविधिक शिक्षालयमा कृषि वालि विज्ञान (एजी) दोश्रो बर्षमा अध्यनरत थिईन् । बिद्यालय नजिकै वाशुदेब दाहलको घरमा भाडा बस्दै आएकी यादबले गएराती करिब ९ः३० बजेको समयमा आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरिक्षक शंकर प्रसाद चौधरीले जानकारी दिनुभयो । घटनाकै दिन शनिबार उनका बुवा शिवपुजन यादव छोरीलाई भेटेर घर फर्किएका थिए । आफु घर पुगेको कुरा खबर गर्न फोन गर्दा छोरीको फोन नउठेको बताउछन् बुवा शिवपुजन ।

 

उनले भने, “सांझमा म घर आईपुगेर फोन गर्दा उठेन, त्यसपछि प्रिंयकाको कोठा छेउमा बस्ने सन्ध्या (प्रियंकाको साथी)लाई फोन गरे, तर त्यतिबेलासम्म धेरै ढिलो भैसकेको रहेछ ।” सन्ध्याले बारम्बार ढोका ढकढकाउदा पनि ढोका नखुलेपछि पछाडिको झ्यालबाट हेर्दा उनि झुण्डिरहेको देखेकि थिईन् ।

 

लगतै घटनास्थलमा पुगेको प्रहरी निरीक्षकको नेतृत्वमा टोलीले घटनाबारे अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यलय निगजढले जानकारी दिएको छ । घटना के कारणले भयो भन्नेबारे अहिले कुनै जानकारी नआएको घटनास्थलमा पुगेका प्रहरीले जानकारी दिए । शिवपुजनका अनुसार प्रियंका घरको जेठो सन्तान हुन् । उनको एक बहिनी र दुई भाई छन् । भने शिवपुजन पेशाले चिकित्सक हुन् ।

प्रतिक्रिया दिनुहोस