आज:  २०७८ कार्तिक ९, मंगलबार | Tue, 26, Oct, 2021
FLASH NEWS

जीतपुरमा डिस्कभरी हब नामक कमप्युटर पसल संचालन

एपी खबर २०७८ आश्विन ५, मंगलबार (१ महिना अघि) २३८ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा डिस्कभरी हब नामक कमप्युटर पसल संचालनमा आएको छ । जीतपुर स्थित रहेको बाबा अदालत गिरि मार्केटमा यो पसल संचालनमा आएको हो ।

 

करिब ३० लाखको लागतमा संचालन भएको डिस्कभरी हबमा ग्राफिक र कम्प्युटर संबधि हरेक सामान उपलब्ध छ । डिस्कभरी हबमा फोटो स्टुडियो, कार्ड, फ्लेक्स, मायाको चिनो लगायतको प्रिन्टिङ संबंधि सेवाहरू समेत रहेको हबका संचालक संतोष साहले बताउनुभयो ।

 

डिस्कभरी हब असोज ४ गतेको शुभ दिनमा भव्यताका साथ उद्घाटन गरि संचालनमा ल्याईएको हो । डिस्कभरी हबमा थप सेवा विस्तार समेत हुने संचालक साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस