आज:  २०७८ कार्तिक ९, मंगलबार | Tue, 26, Oct, 2021
FLASH NEWS

तिन महिनालाई पुग्ने चिनि छ, उपभोक्ता कृतिम अभावको भ्रममा नपर्नुस्ः सरकार

एपी खबर २०७८ आश्विन ६, बुधबार (१ महिना अघि) ८३ पाठक संख्या

काठमाडौँ / सरकारले तीन महिनाभन्दा बढी अवधिलाई पुग्ने चिनी भएकोले चिन्ता नलिन आग्रह गरेको छ ।

images
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै बजारमा चिनी लगायतका खाद्यबस्तुको अभाव नभएको स्पष्टा पारेको हो ।

विज्ञप्तिमा भनिएको छ “चाडपर्वहरू शुरू भइरहँदा बजारमा चिनी लगायतका केही खाद्य बस्तुहरूको अभाव रहेको भन्ने झुटा एवम् अनर्गल हल्ला चलाइ आम उपभोक्ताहरूमा भ्रम सृजना गर्ने दुष्प्रयास भइरहेकोमा त्यसप्रति यस विभागको गम्भिर ध्यानाकर्षण भएको छ ।”

विभागले गम्भिर ध्यानाकरण भएको भन्दै पैठारी भएको परिमाण र खपत अनुपातका आधारमा अझै बजारमा तीन महिनाभन्दा बढी अवधिलाई पुग्ने चिनी उपलब्ध भएको जानकारी दिएको छ ।

थप परिमाणमा चिनी पैठारी प्रक्रियामा रहेको विभागको दावी छ । पैठारीकर्ताको गोदाम र खुला जारमा पयाप्त मात्रामा चिनी भइरहेको र बिक्री वितरण पनि भइरहेको सामान्य अवस्थामा आपूर्ति प्रणालीमा असर पर्नेगरी अधिक मात्रामा खरिद गरी भण्डारण नगर्नसमेत विभागले आग्रह गरेको छ ।

आफूसँग गोदाममा मौज्दात रहेको चिनी लगायतका खाद्य वस्तु बजारको मागका आधारमा खुला बजारमा बिक्री वितरण हुने सहज बातावरण बनाउन व्यवसायीहरुलाई आग्रह गर्दै बजारमा कृत्रिम अभाव सृजना गरे कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

 

 

 

 

 

अर्थ डबलीबाट साभार गरीएको ।

प्रतिक्रिया दिनुहोस