आज:  २०७८ कार्तिक ९, मंगलबार | Tue, 26, Oct, 2021
FLASH NEWS

तेश्रो भेट्रान कप २०७८ को बिजेता फ्रेन्ड्स क्लब ललितपुर

सुप्रिया ढकाल २०७८ आश्विन ९, शनिबार (१ महिना अघि) ४५ पाठक संख्या

बारा । फ्रेन्ड्स क्लब ललितपुरले तेस्रो भेट्रान कप २०७८ को उपाधी उचालेको छ । बाराको सिमरामा कोशेली युथ क्लबले आयोजना गरेको तेस्रो भेट्रान कप २०७८ को फाईनलमा चावहेल भेट्रान काठमाण्डौमाथी ललितपुरले २–० गोलको जित निकालेको हो ।

प्रतियोगिताको बिजेता फ्रेन्ड्स क्लब ललितपुरले ५० हजार र उप बिजेता चावहेल भेट्रान काठमाण्डौले ३० हजार प्राप्त गरेको छ ।

गैरी खेल मैदानमा शनिबार भएको फाईनल खेलमा ललितपुरका लागि जर्सि नम्बर ५ का जुमानु राईले २ गोल गरेका थिए । आजको म्यान अफ दि म्याच पनि राई नै घोषित भएका हुन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधी चावहीलका जर्सि नम्बर ११ सागर थापा घोषित भए । उनले प्रतियोगिता अवधीभर सर्वाधिक ५ गोल गर्न सफल भएका थिए । प्रतियोगिताको म्यान अफ द सिरिज सागर थापा, बेस्क किपर फ्रेन्ड्स क्लब, बेस्ट डिफेन्स फेन्डस क्लब र बेस्ट मिडफिल्डरको उपाधी चावहेल भेट्रानले प्राप्त गरेको छ ।

असोज १ गतेदेखि शुरु भएको प्रतियोगितामा २० टिमले सहभागिता जनाएका थिए ।

जितपुरसिमरा उपमहानगरपालीकाका मेयर डा.कृष्ण पौडेलको प्रमुख आतित्यथामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक मनोजित कुँवर, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य दिनेश राई, नेकपा एमालेका नेता मनोज पौडेल, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सत्य श्रेष्ठ, आर.एन ईन्टरप्राईजेज सिमराका सञ्चालक राजकुमार श्रेष्ठ, यु आर गोल्ड प्रिमियम मसला चियाका सञ्चालक उमेश चौलागाई, खेलप्रेमी उदय श्रेष्ठ, सिमरा भेट्रान सिमराका अध्यक्ष आरिफ हुसेन, उपायक्ष समिर आले, नव दुर्गा युवा क्लबका अध्यक्ष हरि चौधरी, काग्रेसका युवा नेता आशिष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता संयोजक सोमलाल बोम्जनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस