आज:  २०७८ कार्तिक ९, मंगलबार | Tue, 26, Oct, 2021
FLASH NEWS

साना किसान मनहर्वाको १९ औं बार्षिक साधारणसभा सम्पन्न, शेयरसदस्यलाई १५ प्रतिशत लाभांस वितरण गर्ने निर्णय

सुप्रिया ढकाल २०७८ आश्विन १६, शनिबार (३ हप्ता अघि) ९० पाठक संख्या

बारा । साना किसान कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहनीले सरकार र सहकारी मिले मात्रै गरिवी निवारण र ग्रामिण अर्थतन्त्र सुधार हुने बताउनुभएको छ  । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ स्थित साना किसान कृषि सहकरी संस्था लिमिटेड मनहर्वाको १९ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै सहनीले सहकारी अभियानले उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो । कार्यक्रममा प्रमुखअतिथि समेत रहनुभएका सहनीले कृषि उत्पादनलाई बढावा दिँदै यसको बजारीकरण सहकरी लाग्नु पर्ने र त्यसका लागि राज्यको सहयोग जरुरी हुने बताउनु भयो ।

 

बार्षिक साधारण सभाको अवसरमा संस्थाले गत महिनाबाट संचालनमा ल्याएको दुग्ध चिस्यान केन्द्रकोे प्रमुख अतिथी समेत रहनुभएको सहनीले आजै उद्घाटन गर्नुभएको छ । प्रदेश सरकारको ६ लाख रुपैंया र  संस्थाको करिब १० को लागतमा चिस्यान केन्द्र संचालनमा आएको संस्थाले जनाएकोे छ ।

 

शुक्रबार कलैया उपमहानगरपालिका वडा नं.२ दोहरी स्थीत अमर मा.वि. परिषरमा संस्थाकि अध्यक्ष नयनकला खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि संघका पधादिकारीहरु, स्थानिय समाजसेवी, कृषि ज्ञान केन्द्रका प्रतिनीधि र शेयर सदस्य सहित करिब ५ सय जनाको सहभागिता रहेको थियो ।

 

 

सभाले आफ्ना सदस्यहरुलाई १५ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।

२ हजार ४ सयबढी साना किसान परिवारका महिला सदस्यहरु आवद्ध संस्थाले जिल्लाको जितपुरसिमराका १७,१८ त्यस्तै कलैया उपमहानगरपालिकाको १, २, ४, १६, २४, २६ र २७ नं.वडाहरुमा आफ्नो सेवा संचालन गर्दै आएको जनाएको छ । सहुलियत कृषि कर्जा प्रदान गरी कृषि उत्पादनमा जोड दिँदै आएको संस्थाले कृषि पसल, दुग्ध चिस्यान केन्द्र संचालन  गर्दै आएको संस्थाले सदस्यहरुका विच बचत तथा ऋण कारोबार, सहकारी शिक्षा, कृषिसँग सम्बन्धीत विभिन्न सिपमुलक तालिम कार्यक्रम संचालन गर्दै आएको संस्थाले जनाएको छ ।

करिव ४४ करोडको कारोबार गर्दै आएको संस्थाले साधारणसभाबाट सदस्यहरुमा १५ प्रतिशतका दरले शेयर लाभाशं वितरण गर्ने निर्णय गर्ने गरेको छ । संस्थाले सभाको अवसर जेष्ठ नागरिक,असाय अपाङ्ग, उत्कृष्ठ ब्यवसायी एवं कारोबारकर्ता, कर्मचारी र पत्रकार सहित ९ जनालाई हर्लिक्स,नगद र र दोसल्ला सहित सम्मान गरेको छ । पत्रकारीका माध्यमबाट सहकारी अभियानलाई सहयो गरेको भन्दै बाराका पत्रकार पवन यादवलाई संस्थाले नगद, दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेको संस्थाकी अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

संस्थाले बार्षिक गतिविधि र आगामी कार्यक्रम समेटर बार्षिक प्रतिवेदन पुस्तक समेत छपाई गरेको छ । संस्थामा हाल स्थानिय २० जना यूवाले प्रत्यक्ष रोजगारी पाएको वहाँले बताउनु भयो ।

अध्यक्ष खड्काले प्रस्तुत गर्नुभएको संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक सुनिता सापकोटाले प्रस्तुत गर्नुभएको आन्तरिक लेखा परिक्षण प्रतिवेदन एवं बार्षिक कार्यक्रम तथा बजेट सभाबाट सुझाव सहित पारित भएको छ ।

संचारकर्मी अनिल गौरवले सहजिकरण गर्नुभएको कार्यक्रममा संचालक समिति सदस्य शर्मिष्ठा दाहाल एवं श्यामता कुमारीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रमका झलकहरु

प्रतिक्रिया दिनुहोस