आज:  २०७८ कार्तिक ९, मंगलबार | Tue, 26, Oct, 2021
FLASH NEWS

डा.विजय चौथाइवालेको निमन्त्रणमा डा.महत नेतृत्वको टोली भारत प्रस्थान

एपी खबर २०७८ आश्विन २१, बिहिबार (२ हप्ता अघि) ३८ पाठक संख्या

नेपाली कांग्रेश सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको तीन सदस्यीय टोली भारत प्रस्थान गरेको । टोलीमा महतसँगै संविधानसभा सदस्य अजय चौरसिया र पूर्वराज्यमन्त्री उदय शम्शेर राणा रहेका छन् ।

 

पाँच दिनको भ्रमणका क्रममा उहाँहरुले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका सहमहामन्त्री डा महतको आमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आउनुभएको थियो ।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेको निमन्त्रणपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको दुत बनेर महतको टोली भारत जान लागेको हो ।

टोली नेपाल वायु सेवा निगमको जहाजबाट दिल्ली प्रस्थान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस