आज:  २०७८ कार्तिक ९, मंगलबार | Tue, 26, Oct, 2021
FLASH NEWS

युनिसेफको सहयोगमा जैद बिन सावित मदरसामा शैक्षिक सामाग्री वितरण

अजय मिश्र, कपिलबस्तु २०७८ आश्विन २२, शुक्रबार (२ हप्ता अघि) ५८ पाठक संख्या

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ स्थित जैद बिन सावित मदरसाका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको छ ।

युनिसेफ नेपालको सहयोगमा मदरसाका कक्षा १ देखी ३ सम्म अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको हो । एक औपचारीक कार्यक्रम गरी कपि, किताब, कलम, रंग कलम लगाएतका शैक्षिक सामाग्री वितरण गरीएको हो ।

 

नाजिम समिम अहमद खांको अध्यक्षता तथा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको प्रमुख आतित्यथामा सम्पन्न शैक्षिक सामाग्री वितरण कार्यक्रममा कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, सदस्य जाहिर आजाद, मौलाना असलम मदनी, मदरसाका प्रधानाध्यापक तारिक रियाज, डा. सहिद अहमद अंसरी, अब्दुल नूर सिराजी, मौलाना फज्लेहक मदनी, इरफान नौमानी, अब्दुल हसिफ, मौलाना अब्दुल रसिद मदनी लगायतको कार्यक्रममा उपस्थित रहेको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरुले युनिसेफ नेपाललाई धन्यवाद दिएका थिए । युनिसेफ नेपालको सानो सहयोगले पनि मदरसाका बिद्यार्थीहरुलाई पढाईमा ठूलो प्रोत्साहन मिल्ने भन्दै उहाँहरुले बिद्यार्थीहरुको शैक्षिक बिकाशमा मदरसाको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस