आज:  २०७८ कार्तिक ९, मंगलबार | Tue, 26, Oct, 2021
FLASH NEWS

देउवा क्याविनेटमा गैरसांसदपनि मन्त्री, गजेन्द्र हमाललाई काँग्रेसको तर्फबाट मन्त्री बनाइएको होः सरकार

एपी खबर २०७८ आश्विन २२, शुक्रबार (२ हप्ता अघि) ५५ पाठक संख्या

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिएका छन् । कांग्रेसबाट प्रधानमन्त्री देउवाले गैरसांसदलाई पनि मन्त्री बनाएका छन् । यसअघि प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको नातेदार गजेन्द्र हमाललाई देउवाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिन लागेका हुन ।

हमालसँगै कांग्रेसबाट आज पाँच जना मन्त्री बन्न लागेका हुन् । हमाल कांग्रेसका पूराना नेता हुन् । प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाईसकेका छन् । आजै चार बजे नयाँ मन्त्रीहरुको सपथ कार्यक्रम राखिएको छ ।

कांग्रेसबाट मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, उमाकान्त चौधरी र उमा रेग्मी पनि मन्त्री बन्दैछन् । रिजाललाई रक्षा, बडुलाई कानून, चौधरीलाई खानेपानी र रेग्मीलाई महिला, बालबालिका मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

उता, नेकपा (माओवादी केन्द्र) बाट देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्री बनेका छन् । माओवादी केन्द्रबाट बोद्यमाया कुमारी यादव राज्यमन्त्री बनेकीछिन् ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या, रामकुमारी झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, प्रेम आले सहरी विकास र किसान श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । त्यस्तै, भवानी खापुङ भने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

उता, जसपाबाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायात, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरण र प्रमोद साह कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका छन् ।

 

यसैबिच  सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाललाई नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनाइएको दावी गरेका छन् ।
काँग्रेसको तर्फबाट हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नियुक्त गरेको उनले शुक्रबारको मन्त्रिपरिषद् बैठकपछि बताए ।

 

नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको उनको दावी थियो । प्रवक्ता कार्कीले हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तर्क समेत गरे ।

 

 

 

 

रिपोटर्स नेपाल र रातोपाटीबाट साभार गरीएको ।

प्रतिक्रिया दिनुहोस