आज:  २०७८ कार्तिक ९, मंगलबार | Tue, 26, Oct, 2021
FLASH NEWS

आपुर्तीमन्त्री गजेन्द्र हमालको राजिनामा

एपी खबर २०७८ आश्विन २४, आईतबार (२ हप्ता अघि) ४८ पाठक संख्या

मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले भाग लिएको भन्दै भएको आलोचना तिब्र भएपछि आपूर्तिमन्त्रीमा नियुक्त गजेन्द्रबहादुर हमाल आइतबार विहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको छ । विवादमा परेकाले राजीनामा दिएको हमालको तर्क छ । उहाले भन्नुभएको छ, ‘साथीहरुले त राजीनामा नदेऊ भनेका छन् । तर मैले धेरै सोचेँ, आफ्नो स्वविवेक प्रयोग गरेँ ।’

तर स्रोतहरुको दाबी छ, दशैंलगत्तै आफूमाथि ज्यादै अप्ठ्यारो परिस्थिति आउने आँकलन गरेका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले जेठान हमाललाई मन्त्रीबाट राजीनामा गराउनुभएको हो । त्यसमा प्रधानमन्त्री देउवाको पनि सहमति छ ।

प्रतिक्रिया दिनुहोस