आज:  २०७८ कार्तिक ९, मंगलबार | Tue, 26, Oct, 2021
FLASH NEWS

रेल सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनीलाई ७ करोड रुपैयाँ अग्रमि भुक्तानी

एपी खबर २०७८ आश्विन २४, आईतबार (२ हप्ता अघि) ४८ पाठक संख्या

सरकारले रेल सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनीलाई ७ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको छ।

नेपालले खरिद गरेको रेल सञ्चालनको जिम्मेवारी पाएको छ। कोंकण रेल्वे कर्पोरेशन लिमिटेड गत हप्ता अग्रिम भुक्तानीको रुपमा उक्त रकम भुक्तानी गरिएको हो।

जयनगर–जनकपुर रेल सञ्चालनको जिम्मा १ वर्षको सञ्चालनको जिम्मेवारी उक्त कम्पनीलाई सरकारले दिएको छ। १ वर्षको लागि सरकारले ३५ करोड दिने सम्झौता गरेको छ। त्यसमा अहिले अग्रिम भुक्तानी गरिएको रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले जानकारी दिए।

उनले भने, ‘सम्झौता अनुसार नै भुक्तानी गरिएको हो। सम्झौतामा नै २० प्रतिशत रकम अग्रिम भुक्तानी गरिने बताइएको थियो । सोही अनुसार भुक्तानी जान थालेको हो।’

सम्झौता अनुसार सोही कम्पनीले भारतबाट २६ जना मुख्य प्राविधिक ल्याएर रेल सेवा सञ्चालन गर्ने उल्लेख छ। यो भुक्तानी पहिले नै पठाउन सो भारतीय भुक्तानी नेपाल सरकारलाई दवाव दिँदै आएको थियो । अग्रिम भुक्तानी नगरे सम्झौता नै रद्द गर्ने बताएको थियो।

प्रतिक्रिया दिनुहोस