आज:  २०७८ कार्तिक ९, मंगलबार | Tue, 26, Oct, 2021
FLASH NEWS

बारा टाँगियाबस्तिमा पार्टी प्रवेश कार्यक्रम ११५ जना एमालेमा प्रवेश

एपी खबर २०७८ आश्विन २४, आईतबार (२ हप्ता अघि) ४५ पाठक संख्या

बाराको जितपुरसिमरा उपमहानगरपालिका १६ टाँगियाबस्तिमा आयोजित पार्टी प्रवेश कार्यक्रम मार्फत एक सय भन्दा बढि नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

 

माओवादी केन्द्रले काम भन्दा कुरा मात्रै गर्ने गरेको भन्दै उनिहरुले आज पार्टी र सिद्धान्त परिवर्तन गरेका हुन् ।

 

टांगीयावस्तीका सक्रिय समाजसेवी तथा नेता प्रेम बहादर गोले सहित १ सय १५ जनालाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेस नम्बर २ का सहइन्चार्ज अच्युत मैनाली, प्रदेश २ का अध्यक्ष ज्वाला कुमारी साह, पुर्ब मन्त्री एबम एमाले नेता पुषोत्तम पौडेल,एमाले बाराका अध्यक्ष देवनारायण चौधरी,एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल,एमालेनेताहरु राधेश्याम सिबाकोटि,अध्यानन्द पाण्डे, ढुण्डीराज उप्रेती,अनिल मैनाली,रमेस सापकोटा, वडा कमिटीका अध्यक्ष हरिदेव खरेल लगायतले स्वागत गर्नुभएको थियो ।

 

प्रमे गोले मात्रले माओवादी केन्द्र छाड्दा पनि टांगीयाबस्तीमा नेकपा माओवादी केन्द्रको राजनितिक भबिष्य कमजोर बन्ने कार्यक्रमका बक्ताहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस