आज:  २०७८ कार्तिक ९, मंगलबार | Tue, 26, Oct, 2021
FLASH NEWS

मम खुबै मन पर्छ ? उच्च रक्तचापको सिकार हुनुहोला !

AuthorAP Khabar२०७८ आश्विन २५, सोमबार (२ हप्ता अघि) ५४ पाठक संख्या

नेपालीहरूमाझ लोकप्रिय खाजा हो मम । स्टिम वा फ्राई गरेर, भेज ननभेज मम हामी नेपाली स्वाद मानेर खान्छौ । तर स्वादमा सबैको मन जितेको ममले स्वास्थ्यमा त्यती नै प्रतिकुल असर पारीरहेको छ भन्ने कुरा हामीमा होस नै हुदैन ।

ममको अत्याधिक सेवनले स्वस्थ मानिसमा समेत उक्त रक्तचापको समस्या श्रृजना गर्ने एक अनुसन्धानले देखाएको छ । चिकित्सकहरूका अनुसार, अत्यधिक मात्रामा फास्टफूड खाँदा युवामा उच्च रक्तचापको समस्या निकै बढिरहेको छ ।

अहिले २० देखि ४० वर्षको उमेरका मानिस उच्च रक्तचापको समस्याबाट पीडित छन् ।

रक्तचाप बढि भएकै कारण युवाअवस्थामै दिर्घकालीन रुपमा रक्तचाप नियन्त्रण गर्ने औषधिको सेवन गर्न थुप्रै नेपालीहरु बाध्य छन् । रक्तचाप उच्च हुनुमा तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरकारीको साटो मम जस्ता फास्टफूडको सेवन, चिल्लो र नूनिलो खानेकुरा खाने बानी, निष्क्रिय जीवनशैली आदी कारक हुन् ।

रक्तचापको परीक्षण १२० ८० एमएमएचजीका आधारमा गरिन्छ । यहाँ १२० अंक सिस्टोलिक रक्तचाप हो र यसलाई सामान्य भाषामा हाई प्रेसर भनिन्छ । अनि तलको रक्तचापलाई डाइस्टोलिक भनिन्छ अर्थात् लो प्रेसर ।

वृद्ध व्यक्तिहरूमा सिस्टोलिक रक्तचाप विशेषगरी बढ्छ र लगभग १६० ८० हुन सक्छ । युवामा १४० सिस्टोलिकभन्दा माथिको रक्तचाप र वृद्धहरूमा १५० भन्दा बढी रक्तचाप भएमा एकदमै ध्यान दिनुपर्ने हुन्छ ।

उच्च रक्तचाप आफैंमा एक रोग हो अनि यसले शरीरका अन्य अंगलाई पनि नराम्रो प्रभाव पार्छ । मुटु, कलेजो र मिर्गौलालाई यसले घात गर्छ । आँखालाई पनि यसले हानि गर्छ । उच्च रक्तचापका कारण दिमागका नसाहरू फाट्ने सम्भावना हुन्छ ।

रक्तचाप सन्तुलनमा राख्नका लागि मम लगायतका फास्टफुड, जंक फुड कहिलेकाहीँ मात्र खाने गर्नुपर्छ । नियमित रूपमा रक्तचापको परीक्षण गर्नुपर्छ । स्वास्थ्यस्थितिमा परिवर्तन आउनेबित्तिकै चिकित्सकको परामर्श लिइहाल्नुपर्छ ।

लसुन खाएमा रक्तचापको समस्या निदान हुन्छ किनकि यसले रगत जम्नै दिँदैन र कोलेस्ट्रोलाई नियन्त्रण गर्छ ।

एक ठूलो चम्चामा अमलाको रस र मह बराबर मिसाएर बिहान बेलुका पिउँदा उक्त रक्तचापमा राहत पुग्छ ।

रक्तचाप बढेको छ भने आधा गिलास तातो पानीमा एक चम्चा मरिचको धूलो हालेर दुई दुई घन्टाको फरकमा पिउने गर्नुस् ।

 

प्रतिक्रिया दिनुहोस