आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

नेपाल–भारत सीमा विवादबारे प्रचण्डको धारणा

एपी खबर २०७८ कार्तिक ८, सोमबार (१ महिना अघि) ६६ पाठक संख्या

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पन्न हुँदै आएको नेपाल–भारत सीमा विवादबारे आफ्नो धारणा राख्नुभएको छ ।
सोमबार नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेले लेखेको पुस्तक ‘काठमाण्डू डिलेमा ः रिसेटिङ इन्डिया–नेपाल टाइज’ बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले ठूलो राष्ट्रको जमिन सानो राष्ट्रकोमा पस्यो भने फरक नपर्ने बताउनुभयो ।

उहाका अनुसार सानो राष्ट्रको जमिन ठूलो राष्ट्रकोमा पस्यो भने सानोको हालत खराब हुन्छ । सीमा विषयमा भारतका नेतृत्वकर्ता र बुद्धिजीवीले बुझ्न जरुरी रहेको पनि प्रचण्डको भनाइ छ । उहाले भन्नुभयो, ‘यो सेन्सिटिभीटिलाई पनि भारतीय नेतृत्व र बुद्धिजीवले गहिरो गरि समीक्षा गर्नुपर्दछ । त्यसो गर्दा हाम्रो सम्बन्ध (सीमाना) का समस्या समाधान गर्न सक्छ । त्यसैले समाधान गर्न नसकिने छैन । हामी मिल्नुको विकल्प छैन । सिमानाका जे–जे हामीले पहिलेदेखि भनेका छौँ समस्याहरू छन् । ती संवादको तरिकाद्वारा, उदार मन लिएर समाधान गर्न नसकिने कुरा छैनन् ।’

अध्यक्ष प्रचण्डले गौतम बुद्ध भारतमा जन्मिएको भन्दा नराम्रा लाग्ने भन्दै बुद्ध नेपालमै जन्मिएको पनि बताएका छन् । तर, बुद्धले बुद्धत्व भने भारतको बोधगयामै पाएको प्रचण्डले सत्यता बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नेपालमा चलेको दस वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन भारत सकारात्मक रहेको तर, माओवादी ‘जनयुद्ध’मा भारतको कुनैपनि प्रकारको सहयोग नरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस