आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

पचरौतामा विद्यार्थीहरुले शिक्षकलाई कक्षामा थुुनेर विद्यालयमा गरे तोडफोड

एपी खबर २०७८ कार्तिक ९, मंगलबार (१ महिना अघि) ६८ पाठक संख्या

बाराको पचरौता नगरपालिकाको वडा नं १ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पिपरपातिका विद्यार्थीहरु आन्दालीत बनेका छन् ।

 

शिक्षक अभावका कारण पठनपाठन प्रभावित भएको भन्दै उनिहरुले शिक्षकहरुलाई विद्यालय भित्रै थुनेर तोडफोड गरेका छन् । साथै विद्यार्थीहरुले नगरपालिका समेत घेराउ गरेका थिए । पचरौतामा बिगत लामो समयदेखि शिक्षक अभावका कारण पठन पाठन अवरुद्ध हुँदा पनि सरोकारवालाले ध्यान नदिएको हुदा बाध्य भएर आन्दोलनमा उत्रिएको विद्यार्थीहरुको भनाई छ ।

 

विद्यार्थीहरुले गरेको तोडफोडबाट विद्यालयको झ्याल, ढोका, टेबुल कुर्सीका साथै कार्यालयमा समेत क्षती पुगेको छ भने नगरपालिका कार्यालयमा पनि समान्य क्षती भएको स्थानिय एक अभिभावकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस