आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

एसिड पिडित मुस्कानलाई प्रदेश सरकारले पुनः ५ लाख सहयोग गर्ने

एपी खबर २०७८ कार्तिक ९, मंगलबार (१ महिना अघि) ७३ पाठक संख्या

एसिड पिडित मुस्कान खातुनलाई प्रदेश २ सरकारले दोश्रो पटक पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

 

वीरगञ्ज ४ स्थित गणेशमान चोकमा २०७६ भदौ २० गते भएको एसिड प्रहारबाट घाईते खातुनलाई यसअघि पनि प्रदेश २ सरकारले खातुनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले खातुनलाई थप ५ लाख रकम सहयोग गर्ने निर्णय गरेको छ ।

 

खातुनको उपचार जारी रहेकाले उनलाई सहयोग गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । य

 

सअघि वीरगञ्ज महानगरपालिका कार्यालयले २ लाख र नगर प्रमुख विजय सरावगीको तलब भत्ताबाट एक लाख गरी जम्मा ३ लाख रुपैयाँ खातुनको उपचारका लागि प्रदान गरिएको थियो । त्यस्तै, खातुनको उपचारका लागि संघीय सरकारले पनि रु ३ लाख सहयोग उपलब्ध गराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस