आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

क्यान्सर पिडित २० बर्षिय सुमन आर्थीक अभावका कारण घरकै बिस्तारामा

सुप्रिया ढकाल २०७८ कार्तिक ९, मंगलबार (१ महिना अघि) ४३९ पाठक संख्या

बाराको जितपुरसिमरा उपमहानगरपालीका १ पथलैया निवासी २० बर्षिय सुमन तामाङ्गको उपचारका लागी संकलन गरीएको ३५ हजार ९ सय १५ रुपैया सहयोग रकम सुमनको परिवारलाई हस्तान्तरण गरीएको छ ।

पेटको क्यान्सरबाट पिडित सुमनको जिवन रक्षाका लागी पथलैयास्थित होलि गार्डेन इङ्लिस स्कुल अन्तर्गत रहेको होलि स्टार किड्स कल्बको आयोजनामा सुमन तामाङ्ग बचाउ अभियान सञ्चालन गरीएको हो । सुमनको जिवनरक्षाका लागी सम्पूर्ण विद्यार्थी, शिक्षक तथा स्थानिय गैरिटोल र पूर्वटोलका स्थानियहरुका संकलित उक्त सहयोग रकम आज सुमनकि आमा मनिता तामाङ्गलाई हस्तान्तरण गरीएको हो । क्लबका अध्यक्ष कृष्टिना थापा मगर, स्कुलका प्रधानाध्यापक भुवन चाम्लिङ राई, शिक्षक भुवनबहादुर थापा लगायत सम्पुर्ण क्लबका सदस्यहरुले उक्त सहयोग रकम हस्तान्तरण गर्दै सुमनको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

 

भर्खरै युवावस्थामा प्रवेश गरेका सुमन होली गार्डेन इङ्लिस स्कुलका जेहेन्दार विद्यार्थी हुन् । निम्न आर्थीक स्तरको परिवारका उनि पढाईमा अब्बल थिए । जसकारण सुमनले कक्षा ८ सम्म छात्राबृत्ती पाएर निशुल्क अध्ययन गरेका हुन् । पढाई समेत पुरा गर्न नपाउदै क्यान्सर जस्तो घातक रोगबाट ग्रसीत सुमनको अवस्था नाजुक रहेको परिवारले बताएका छन् । नेसनल मेडिकल कलेजमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागी भरतपुरस्थित विपी कोईराला क्यान्सर अस्पताल रेफर गरीएको थियो । तर आर्थीक अभावका कारण उनलाई घरमै राखीएको छ ।

 

आफुसंग भएका पैसा सबै उपचारमा खर्च भैसकेको उनकि आमा मनिताले बताउनुभयो । सबैको सहयोग प्राप्त भए सुमन बाच्ने आफ्नो मात्र नभई बारा जिल्लाकै छोरा बनेर केहि गरेर देखाउने मनिताको विश्वास छ । सुमनको उपचारका लागी सहयोग गर्न चाहनेले मनिता तामाङ्गको नाममा रहेको नविल बैंकको खाता नम्बर ००५१००१७५१०७४० मा सक्दो रकम सहयोग गर्न सक्ने स्कुलका शिक्षक तथा युवा समाजसेवी भुवनबहादुर थापाले जानकारी दिनुभयो ।

 

साथै कुनै जानकारी लिन परे ९८४५१३०००५ मा सम्पर्क गर्न सकिने समेत थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस