आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

साफ च्याम्पियनसिप उपविजेता बन्न सफल नेपाली राष्ट्रिय फुटबल खेलाडीलाई गृहमन्त्रीको हातबाट सम्मान

एपी खबर २०७८ कार्तिक १०, बुधबार (१ महिना अघि) ६६ पाठक संख्या

साफ च्याम्पियनसिप २०२१ मा सहभागी नेपाली राष्ट्रिय फुटबल खेलाडीलाई बुधवार सम्मान गरिएको छ ।

सम्मान गर्दै अन्तर्राष्ट्रिय खेलमा विजयी भएर आए खेलाडी तथा खेल व्यवस्थापक टोलीलाई राष्ट्रियरुपमा तक्मा दिएर सुशोभित गर्ने गृहमन्त्री बालकृष्ण खाँडले बताए । सम्मान समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले भने, “अर्को पटक नेपाली फुटबल टिम विजयी भएर आयो भने सबै सदस्य र व्यवस्थापकलाई राष्ट्रिय तक्माबाट सुशोभित गर्नेछौँ ।”

गएको असोज ३० मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोली उपविजेता बन्न सफल भएको थियो । विगत २८ वर्षको इतिहासमा पहिलोपटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । फाइनलमा नेपाल भारतसँग ३-० गोलले पराजित भएपछि उपविजेता चित्त बुझाएको थियो ।

 

नेपाली काँग्रेस तरुण विभाग केन्द्रीय समितिद्वारा आयोजित ती खेलाडीका लागि उक्त सम्मान समारोहमा मन्त्री खाँडले सरकारले बजेटका सीमितताका बिच साफ च्याम्पियनसिपमा सहभागी प्रतिखेलाडीलाई रु पाँच लाख र टिम व्यवस्थापकलाई रु तीन लाख दिने घोषणा गरेको जानकारी पनि दिए । “यसले खेलाडीलाई हौसला प्रदान गरिएको हो, यसले नेपालको खेल क्षेत्रलाई माथि उठाउन प्रोत्साहन मिल्ने विश्वास छ”, गृहमन्त्रीले थपे ।

उनले खेलकुद जीवनको अभिन्न अङ्ग भएको पनि बताए । मन्त्री खाँडले हरेक प्रहरी अधिकृत र जवानको पेट पनि खेलाडीको जस्तै बनाउन भनेको र यसअघि आफू रक्षा मन्त्री हुँदा सेनालाई पनि त्यही अभ्यास गराएको जानकारी दिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस