आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

सहयोग जुट्न थालेपछि सुमन तामाङ्गलाई क्यान्सर अस्पताल पु¥याईयो

सुप्रिया ढकाल २०७८ कार्तिक १३, शनिबार (१ महिना अघि) ३०६ पाठक संख्या

पेटको क्यान्सरबाट पिडित २० बर्षिय सुमन तामाङ्गको उपचारको लागी आर्थीक सहयोग आउन सुरु भएपछि उनलाई थप उपचारको लागी भरतपुरस्थित विपी कोईराला क्यान्सर अस्पताल भर्ना गरीएको छ । सुमनलाई स्थानिय युवा तथा होली गार्डेन ई. स्कुलको सहयोगमा बिहिबार अस्पतार पु¥याईएको हो ।

बाराको जितपुरसिमरा उपमहानगरपालीका १ पथलैया निवासी सुमनको आर्थीक अभावका कारण नेसनल मेडिकल कलेजमा साधारण उपचार पश्चात घरमै राखीएको थियो । सुमन बचाउ अभियानका अभियन्ताहरुले संकलन गरेको रकम शुक्रबार सुमनकि दिदी स्वेच्छा तामाङ्ग र दाइ शम्भु लोपचनलाई हस्तान्तरण गरेका हुन् । रकम संकलन सहयोगि भुवन बहादुर थापाका अनुसार हात अमेरिकामा बसोबास गर्दै आउनु भएका होलि गार्डेन इङ्लिस स्कुलका पूर्व शिक्षकहरु, सिमराका शिक्षक तथा विद्यार्थीहरुबाट १ लाख १५ हजार ८ सय ७५ रुपैया संकलन भएको थियो ।उक्त रकम बोर्डिङका प्रधानाध्यापक भुवन चाम्लिङ राईले सुमनको दिदि र दाईलाई हस्तान्तरण गर्नुभएको थापाले जानकारी दिनुभयो ।

 

 

यसअघि पनि सुमन बचाउन अभियानबाट संकलित ३५ हजार ९ सय १५ रुपैया सहयोग रकम सुमनको परिवारलाई हस्तान्तरण गरीएको थियो । होलि गार्डेन इङ्लिस स्कुल अन्तर्गत रहेको होलि स्टार किड्स कल्बको आयोजनामा सुमन तामाङ्ग बचाउ अभियान सञ्चालन गरीएको हो ।

 

भर्खरै युवावस्थामा प्रवेश गरेका सुमन होली गार्डेन इङ्लिस स्कुलका जेहेन्दार विद्यार्थी हुन् । निम्न आर्थीक स्तरको परिवारका उनि पढाईमा अब्बल थिए । जसकारण सुमनले कक्षा ८ सम्म छात्राबृत्ती पाएर निशुल्क अध्ययन गरेका हुन् । पढाई समेत पुरा गर्न नपाउदै क्यान्सर जस्तो घातक रोगबाट ग्रसीत सुमनको अवस्था नाजुक रहेको परिवारले बताएका छन् । सहयोग रकम जुट्ने क्रम जारी रहदा सुमनलाई बचाउन सकिने आश जागेको शिक्षक तथा युवा समाजसेवी भुवनबहादुर थापाले बताउनुभयो ।


सुमनको उपचारका लागी सहयोग गर्न चाहनेले मनिता तामाङ्गको नाममा रहेको नविल बैंकको खाता नम्बर ००५१००१७५१०७४० मा सक्दो रकम सहयोग गर्न सक्ने स्कुलका शिक्षक तथा युवा समाजसेवी भुवनबहादुर थापाले जानकारी दिनुभयो । साथै कुनै जानकारी लिन परे ९८४५१३०००५ मा सम्पर्क गर्न सकिने समेत थापाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस