आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

देशको विकास देख्न नचाहने शक्तिले आफू नेतृत्वको सरकार ढालेको ओलीको टिप्पणी

एपी खबर २०७८ कार्तिक १३, शनिबार (१ महिना अघि) ६० पाठक संख्या

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विकास आयोजनाले गति लिएपछि आफू नेतृत्वको सरकारलाई ढाल्ने काम भएको बताउनुभएको छ । देशको विकास देख्न नचाहने शक्तिले आफू नेतृत्वको सरकार ढालेको उहाँले टिप्पणी गर्नुभयो ।

एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको शनिबार यहाँ आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग नक्सामा छापेर फिर्ता ल्याउने पहल सरकारले गरेपछि धेरैलाई असह्य भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस