आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

विद्यार्थी आन्दोलनः पचरौता नगरपालीकाको सबै काम अनिश्चित समयका लागि ठप्प

एपी खबर २०७८ कार्तिक १४, आईतबार (१ महिना अघि) ६५ पाठक संख्या

बाराको पचरौता नगरपालिकाको कार्यालय अनिश्चित समयका लागि बन्द गरीएको छ । गत कार्तिक ९ गते पचरौता नगरापालिकामा भएको साङ्घातिक हमलाको दोषिलाई कार्वाहि नभएसम्मका लागी नगरपालिकाको कार्यालय तथा मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरिएको हो । निमित प्रमुख प्रशासकिय अधिकृत श्यामप्रसाद यादवले आज जिल्ला प्रशासन कार्यालय बाराका शाखा प्रमुख ओमबहादुर खड्कालाई सो निर्णय पत्र हस्तान्तरण गर्नुभएको छ । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल काम बिशेषले कार्यालय बाहिर रहेकाले खड्कालाई निर्णय पत्र हस्तान्तरण गरीएको हो । पचरौतामै पुगेर घटनाबारे सत्यतथ्य बुझ्ने र प्रमुख जिल्ला अधिकारीलाई बिस्तृत प्रतिवेदन बुझाउने खड्काले आश्वासन दिनुभएको अधिकृत यादवले बताउनुभयो । घटनामा हमलावरहरुले कार्यालयका अधिकांश पूर्वाधारहरुमा क्षती पु¥याएकाले कार्यालयका सबै कामकारवाहि बन्द गर्न आफुहरु बाध्य भएको उहाले बताउनुभयो ।

विद्यालयमा विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै बाराको पचरौता नगरपालिकाको वडा नं १ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पिपरपातिका विद्यार्थीहरुले विद्यालय तथा नगरपालीका कार्यालयमा तोडफोड मच्चाएका हुन् । नगरपालिकाले आफ्नो नगर भित्रका विद्यालयहरुमा विषयगत शिक्षक ब्यवस्थापन गर्न नसक्दा शिक्षक अभाव भएसंगै आफुहरुको पठनपाठन अवरुद्ध भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन ।

यता नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद यादबले हिजोसम्म शिक्षक नै नभएका कारण पढाइ हुनै नसक्ने बताएर बिद्यार्थीलाई प्रयोग गरि तोडफोड मच्चाउने अनि आज बिद्यालय खोलेर कसरी पढाइ हुदैछ भनेर प्रश्न गर्दै दोहारो चरित्र देखाएको स्थानियको भनाई छ । स्थानिय नागरिकले समेत छिटो दोषि पहिचान गरि कार्यवाही गर्नुपर्ने बताएका छन् ।

आन्दोलनका क्रममा कार्यालयहरुमा क्षती पुगेको थियो भने केहि विद्यार्थी घाईते समेत भएका थिए । जायज माग राखेर विरोधमा नगरपालिका घेराउ गरेका विद्यार्थीहरु माथि नगरपालिकाले प्रहरी बोलाएर लाठी चार्ज गराएको स्थानियहरुको आरोप रहेको छ । विद्यार्थीले आफ्नो माग र समस्या नगरपालिकामा राख्न आउदाँ पालिकाले विद्यार्थीलाई दोहोर झडप गर्न बाध्य गरेको र प्रहरीद्धारा लाठी चार्ज गर्न लगाएको स्थायिन रञ्जय भण्डारीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस