आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

जीतपुरमा रहेको ड्रिम्स ताज मेगा मार्ट महिलाहरुको पहिलो रोजाई बन्दै

प्रिती कुमारी, जीतपुर २०७८ कार्तिक १५, सोमबार (१ महिना अघि) २६० पाठक संख्या

जीतपुरमा रहेको ड्रिम्स ताज मेगामार्ट महिलाहरुको पहिलो रोजाई बन्न सफल भएको छ । बाराको जीतपुरमा रहेको यस मार्टलाई महिलाहरुले आफ्नो पहिलो रोजाई बनाएको मार्टका प्रबन्धक बिनोद गुप्ताले जानकारी दिनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक घरमा आवश्यक पर्ने गृहणीका सबै समानको मार्ट जीतपुरमा संचालनमा आएपछि महिलाहरुले यस मेगा मार्टलाई पहिलो रोजाईमा परेका हुन् ।

दशै, तिहार र छठ पर्वको अवसरमा एउटै पसलबाट सबै समान पाउने भए पछि जीतपुर, सिमरा, पथलैया, डुमरवाना, अमाडारका साथै पर्साको सोलखपुर, मिलनचोक, बेलवा, बडनिहार र रामबनका सेवा ग्राहीहरु समान किन्न आउने गरेको मार्टका प्रबन्धक गुप्ताले जानकारी दिनुभएको छ । साथै उहाँले यस पर्वको अवसरमा सबै सेवाग्रहीहरुलाई शुभकामना समेत दिनुभएको छ ।

यस ड्रिम्स ताज मेगामार्टले पर्वको अवसर पारेर प्रत्येक दिन एउटा समानलाई “मार्ट अफ द डे” को रुपमा विशेष छुटका साथ उपलब्ध गराउदै आएको र अन्य समाग्रीहरुमा ५ देखि ४० प्रतिशत सम्म छुट दिदै आएको छ ।

घरमा आवश्यक पर्ने भान्साका साथै बालबालीकाका लागि आधुनिक प्रकारका खेलैना, पेय पदार्थका साथै पुजा पाठका समाग्री समेत उपलब्ध गराउदै आएको माट्रका प्रबन्ध गुप्ताले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस