आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

कलैयामा नेपाल स्काउटको शाखा उद्धघाटन

एपी खबर २०७८ कार्तिक १५, सोमबार (१ महिना अघि) ७८ पाठक संख्या

बाराको कलैयामा आज नेपाल स्काउटको शाखा उद्घाटन गरीएको छ । नेपाल स्काउटको प्रदेशकै तालिम केन्द्र कलैयामा शाखा उद्धघाटन हुनु खुसीको कुरा भएको कलैया नगरप्रमुख राजेराय यादवले बताउनुभयो । यसको समग्र विकाशमा सहयोग गर्ने यादवले प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले नेपाल स्काउट बारा शाखा कार्यालय भवनको दोश्रो तल्लाको काम अधुरो भएकोले छत् ढलानका लागि यो बर्ष १० लाख दिने प्रतिबद्धता जनाउनु भएको छ ।

यस्तै शुभकामना मन्तव्य ब्यक्त गर्दै जिल्ला आयुक्त भरत साहले स्काउटको बाराका शाखा स्थापना गर्न धेरै नै परिश्रम गर्नुपरेको बताउनुभयो । आफुले २०६४ सालमा निर्वाचित भएपछि नै कार्यालय स्थापना गर्ने वाचा गरेअनुरुप आज शाखा कार्यालय उद्धघाटन गर्न पाउदा हर्ष लागेको साहले बताउनुभयो ।

कलैया उपमहानगरपालिका ३ भवानिपुरमा रहेको सिदेस्वर संस्कृत बिद्यालयको पछाडी रहेको ५ कट्ठा जग्गामा सो कार्यालय स्थापना गरीएको हो । कार्यक्रमका बिच कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहलाई सम्मान समेत गरिएको थियो । कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव प्रल्हाद बर्णवालको अध्यक्षतामा भएको कार्यक्रममा बाराका तीन वटै सुरक्षा निकायका प्रमुख, समाजसेवी लगाएत स्काउटका पदाधिकारी तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा आमन्त्रितहरुलाई मायाको चिनो र गम्छा ओढाएर सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस