आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

बारको आन्दोलनः उपाध्यक्षको विज्ञप्तिलाई अध्यक्षको काउन्टर

एपी खबर २०७८ कार्तिक १७, बुधबार (४ हप्ता अघि) ६५ पाठक संख्या

नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनमा विवाद भएको छ । कार्यवाहक अध्यक्ष रमा श्रेष्ठले न्यायाधीशहरु काममा फर्किनुपर्ने भन्दै प्रधानन्यायाधीशलाई राहत हुने गरी विज्ञप्ति निकालेका बेला अध्यक्ष रुद्रप्रसाद नेपालले अर्को विज्ञप्ति जारी गरेर काउन्टर दिएका छन् ।

उनले संगठनका उपाध्यक्ष श्रेष्ठले आफू का.वा. अध्यक्ष उल्लेख गरी जारी गरेको विज्ञप्तिमा गम्भीर ध्यानार्कषण जनाएका छन् ।

संगठनको अध्यक्षको जिम्मेवारीमा आफू रहेको र संस्थागत निर्णय विना जारी गरिएको उक्त विज्ञप्ति संस्थाको आधिकारिक नभएको उनले उल्लेख गरेका छन् ।

साथै उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हटाउने वर्तमान आन्दोलनमा बार एसोसिएसनले गरेको संस्थागत निर्णयको पक्षमा संगठन अडिग रहेको पनि स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस