आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

प्रशिक्षक शास्त्री र कप्तान कोहलीले आजबाट खेल यात्रामा बिट मार्दै

एपी खबर २०७८ कार्तिक २२, सोमबार (३ हप्ता अघि) ४९ पाठक संख्या

आज टी ट्वान्टी विश्वकप अन्तर्गत हुने भारत र नामिबियाबीचको खेल भारतीय पुरुष राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक रवि शास्त्री र कप्तान विराट कोहलीका लागी अन्तिम खेल हुने छ ।

 

प्रशिक्षक शास्त्रीले यो खेलसँगै आफ्नो कार्यकाल पनि पूरा गर्नेछन् । त्यस्तै कप्तान कोहलीले पनि यो खेलपछि सिमित ओभरको कप्तानी नगर्ने घोषणा गरिसकेका छन् । आजकै खेलपछि प्रशिक्षक शास्त्री र कप्तान कोहोलीको पनि विदाइ हुनेछ ।

 

आजको खेलमा हार या जित निकाले पनि भारतको टी–ट्वान्टी विश्वकपको यात्रामा पूर्णविराम लागिसकेको छ । यद्यपि भारत नामिबियासँगको खेलमा जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ ।

 

आजको खेलमा प्रतियोगिता भरी बेञ्चमा रहेको खेलाडिले पनि अवसर पाउनसक्ने अनुमान गरिएको छ । आइतबार न्यूजिल्याण्डले अफगानिस्तानमाथि सजह जित निकाल्दै सेमिफाइनलमा स्थान तय गरेपछि भारत प्रतियोगितबाट बाहिरिएको हो ।

यसअघि भारतले क्रिकेट इतिहासमा लामो समयपछि पाकिस्तानसँग हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस