आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

तिहार लगतै ब्याक भए बिदोह्रि न्यायधिषहरु, कोको फर्किदैछन् ईजलासमा ?

एपी खबर २०७८ कार्तिक २२, सोमबार (३ हप्ता अघि) ७२ पाठक संख्या

विद्रोहमा उत्रिएका न्यायाधीशहरु तिहारलगत्तै ब्याक हुन थालेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाका लागि दबाब सृजना गर्न इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरु ब्याक हुन थालेका हुन् ।

 

आज प्रधानन्यायाधीश जबराले इजलास तोकेका न्यायाधीशहरु यसअघि भन्दा परक ढंगले प्रस्तुत भएका छन् । न्यायाधीश कुमार चुँडाल इजलासमा बसेका छन् । अरु न्यायाधीशहरु पनि इजलासमा बस्ने भएको बुझिएको छ ।

 

आज प्रधानन्यायाधीश जबराले आफूसहित ६ वटा इजलास तोकेका छन् । जसमध्ये बन्दीप्रत्यक्षीकरण मुद्दामा ४ वटा संयुक्त र २ वटा एकल इजलास तोकिएका छन् । इजलासमा न्यायाधीशहरु कुमार चुँडाल, विश्वम्भरप्रसाद श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदीको नाम छ । यी न्यायाधीशहरु इजलास बहिष्कार गरेका सबै न्यायाधीशहरुको साथमा थिए । तर, उनीहरु इजलास बस्नुपर्ने पक्षमा थिए ।

 

तिहार अगाडि नै नेपाली काँग्रेस निकट कानुन व्यवसायीको संगठन डिएलए र नेकपा एमाले निकट कानुन व्यवसायीको संगठन पीपीएलएले विज्ञप्तिमार्फत् सर्वोच्च अदालतका नयायाधीशहरु इजलास बस्न नमान्नु अशोभनीय र अस्वभाविक भनेको थियो । उनीहरुले यस्ता कार्य तत्काल बन्द गर्न भनेका थिए । त्यसको असर आज सर्वोच्च अदालतमा न्यायाधीशहरु इजलास बस्न थालेबाट देखिएको छ ।

 

प्रधानन्यायाधीश जबरालाई नेपाली काँग्रेस, नेकपा एमालेनिकट आधिकारिक कानुन व्यवसायीहरुको संगठन देखि सर्वोच्चका केही न्यायाधीशहरुको साथ देखिएको छ । यसबाट उनी उत्साही देखिएका छन् ।

 

 

 

अनलाईन खबरबाट साभार गरीएको ।

प्रतिक्रिया दिनुहोस