आज:  २०७९ जेष्ठ ३, मंगलबार | Tue, 17, May, 2022
FLASH NEWS

गठबन्धन समन्वय समिति गठन, दुई–दुई महिनामा नेतृत्व परिवर्तन गरिनेः सत्तारुढ गठबन्धन बैठकको निर्णय

एपी खबर २०७८ कार्तिक २२, सोमबार (६ महिना अघि) ३१४ पाठक संख्या

सत्तारुढ गठबन्धनको बैठकले गठबन्धन समन्वय समिति बनाउने निर्णय गरेकाे छ।

२/२ महिनामा नेतृत्व परिवर्तन हुनेगरी बनाइएको समितिमा अहिलेका लागि काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेललाई संयाेजक ताेकिएकाे छ।

 

सरकारमा सहभागी पाँच दलीय गठबन्धनको समन्वय गर्न समिति बनाउने निर्णय भएको सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए।

समितिमा काङ्ग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पाैडेल र नेता कृष्ण सिटौला सदस्य ताेकिएका छन।

 

माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, जनता समाजवादीबाट अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमाेर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सदस्य रहने गरि समिति गठन गरिएको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस