आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

बारामा एमालेको १० औँ राष्ट्रिय महाधिवेसन प्रतिनिधी छनौट यहि कार्तिक २७

प्रिती कुमारी, जीतपुर २०७८ कार्तिक २४, बुधबार (३ हप्ता अघि) ४८ पाठक संख्या

बारामा नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेसन प्रतिनिधी छनौट यहि कार्तिक २७ गते हुने भएको छ । मंसिर १०–१२ गते चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेसन प्रतिनिधी छनौटका लागि जील्लाका ४ ओटै निर्वाचन क्षेत्रमा एकै दिन प्रतिनिधी छनौट गरिने निर्णय भएको नेकपा एमालेबाराका जील्ला अध्यक्ष देवनारायाण चौधरीले जानकारी दिनुभएको छ ।

 

नेकपा एमालेका केन्द्रिय सदस्य एवम प्रदेश नम्बर २ का सह–ईन्चार्ज अच्युत मौनालीको प्रमुख आतिथ्यतामा कलैयमा बसेको जिल्ला पदाधिकारी बैठकले जील्लामा रहेको ४ वटै निर्वाचन क्षेत्र र दलितकोटामा जिल्ला भरिबाट एक क्षेत्रमानि प्रतिनिधी छनौट गर्न स्थान समेत छनौट गरेको हो । निर्वाचन क्षेत्र नम्बर १ का लागि कोल्हबी, निर्वाचन क्षेत्र नम्बर २ का लागि बगडमपुर, निर्वाचन क्षेत्र नम्बर ३ का लागि कलैया, निर्वाचन क्षेत्र नम्बर ४ का लागि छातापिपरा तोकेको छ ।

 

यसैगरी बैठकले १० औँ राष्ट्रिय महाधिवेसनमा जनसहभागीता जुटाउन उप–महानगरपालिकाबाट दुई हजार, नगरपालिकाबाट एक हजार, नगरपालिकाबाट पाँच सय र गाउँपालिकााबाट तिन सय गरी १५ हजारको सहभागीता गराउने निर्णय समेत गरेको छ ।

 

नेकपा एमाले बाराका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले कार्तिक २६ गते बाराको कोल्हबीमा हुने कोल्हबी नगर अधिवेसनमा केन्द्रिय सचिव प्रदिप ज्ञावलीको प्रमुख आतिथ्यतामा र मंसिर ३ गते निजगढमा हुने निजगढ नगर अधिवेसनमा नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुने भएकोले नगर अधिबेशनमा सबैलाई सहभागी भै सफल बनाउन आग्रह समेत गरेको छ ।

 

यसैगरी १० औँ राष्ट्रिय महाधिवेसनका लागि प्रतिनिधी छनौटमा सहजीकरण गर्न केन्द्रिय सदस्यहरुलाई आग्रह समेत गरीएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस