आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

सुर्य चिह्नमा ग्रहण लागेको छ, अब नेकपा एमालेको पत्तासाफ हुन्छः नेपाल

एपी खबर २०७८ कार्तिक २४, बुधबार (३ हप्ता अघि) ५२ पाठक संख्या

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुर्य चिह्नमा ग्रहण लागेको बताउनुभएको छ । बुधवार डडेल्धुरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘सूर्य चिह्नको कुरा नगर्नुस् । सूर्य चिह्न ल्याउने मै हुँ । लड्ने मान्छे मै हुँ निर्वाचन आयोगमा गएर तर के गर्नु त्यही सूर्य चिह्नमा आज ग्रहण लागेको छ । ’

 

आफुहरु अब कलम चिह्न लिएर उभिएको बताउदै नेपालले, ‘कलम चिह्न लिएर हामी मेचीदेखि महाकाली अभियानमा उत्रिएका छौं । कलम चिह्न लिएर जनता माझमा जानेछौं । न्यायको लागि कलम नै सही । न्यायको पक्षमा प्रेरित गर्ने । अब यो पार्टीलाई गाउँगाउँ पु¥याउनुस् ।’ भन्नुभयो ।

 

डडेल्धुरामा नेकपा एकीकृत समाजवादी अब ‘इन’ भएको बताउदै उहाले आउने निर्वाचनमा नेकपा एमालेको पत्तासाप गर्ने दाबी गर्नुभएको छ ।

 

‘विचार र आदर्श, लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्न, समृद्ध देशको लागि र समतामूलक तथा भेदभावरहित समाज निर्माणको लागि नेकपा एमाले बनाएका थियौं तर एमाले केपीको मुठीमा गयो । हामीले घर ठानेको थियौं, त्यो त जेल पो भएछ । जेल भएपछि विद्रोह ग¥यौं । हामीले जेलको पर्खाल तोडिएका छौं, नयाँ पार्टी ल्यायौं,’ उनले अगाडि भने, ‘अहिले ५ दलको गठबन्धन छ । गठबन्धनबीच सहमति भएको छ, आउने चुनावमा सँगै जाने । केपी गुटको पत्तासाफ गर्नेछौं । त्यहाँ गएकाहरू पछुतो मानिरहेका छन् । उम्कने बाटो खोजिरहेका छन् । अब हामी अगाडि बढिसकेका छौं, आउनुहोस् मिलेर जाऊँ । जीत सत्य र न्यायको हुन्छ । एमाले अब टर्च बालेर हेर्ने दिन आउने छ ।’

 

अध्यक्ष नेपालले नेकपा एमाले जनहित विपरीत गएकाले त्यो पार्टीको कामै नभएको समेत टिप्पणी गरे ।

 

अध्यक्ष नेपालकै उपस्थितिमा भएको कार्यक्रममा नेकपा एमाले डडेल्धुराका तत्कालीन अध्यक्ष डा. तारा जोशीको सिंगो टीम समाजवादीमा समाहित भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले एमाले अध्यक्ष ओलीमा निरंकुशता हाबी भएको र जनभावना विपरीत गएको बताउँदै आफूहरू समाजवादीमा समाहित भएको बताउनुभयो । उहाँले ५१ सदस्यीय जिल्ला कमिटीको पदाधिकारीसहित दुईतिहाइ सदस्य समाजवादीमा समाहित भएको घोषणा गर्नुभयो । भातृ संगठन प्रमुखको टीम समेत समाजवादीमा समाहित भएको जोशीले बतउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस